१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

मन्त्रीले उद्घाटनमा भ्याउने, संसदमा जवाफ दिन नभ्याउने : विडारी

मन्त्रीले उद्घाटनमा भ्याउने, संसदमा जवाफ दिन नभ्याउने : विडारी
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन सरकार र सरकारका मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न पनि आग्रह गरे ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले निर्वाचित जनप्रतिनिधिहरुको थलो संसदप्रति उत्तरदायी बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । संसदको विभिन्न समयमा के कस्ता विषयमा कुरा उठेको छ भन्ने सम्म मन्त्रीहरुलाई जानकारी नहुने गरको भन्दै उहाँले संसदप्रति इमान्दार, जवाफदेही र उत्तरदायी बन्न आग्रह गर्नुभयो । सरकार र सरकारका मन्त्रीहरुले सांसदले उठाएका सार्वजनिक सरोकारका विषयप्रति जवाफदेही नभएकोमा आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो “जवाफ नदिने । बोले पनि हुने , नबोलेपनि हुने । ठिक बोलेपनि हुने बेठिक बोले पनि हुने । मनलागे बोले नि हुने । मन नलाए नबोले नि हुने । यस्तो प्रकारको सदन भएपछि सदनको गरिमा घट्छ अध्यक्ष महोदय । सदनको गरिमा घट्यो भने व्यवस्थामाथि प्रश्न उठ्छ । जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि प्रश्न उठ्छ । महोदय । त्यसैले उद्घाटन व्यापक रुपमा मन्त्रीले भ्याउने । हरे शिव । उद्घाटन गर्न जहाँ नि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने ? संसदमा के बोलियो त्यसमा ध्यान दिन पर्यो । ”

संसदमा सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न पनि उहाँले आग्रह गर्नुभयो । उद्घाटन गर्न जहाँ पनि पुग्ने गरेका मन्त्रीहरु सदनमा भने कमै उपस्थिति जनाउने गरेको तर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुयो ।

उहाँले भन्नुभयो “के बोल्ने ? देखेको कुरा बोल्ने । हेर्नु भनेको र देख्नु भनेको फरक फरक विषय हो । प्राय सबैले हेर्छन् । देख्न चाही साह्ै थोरैले देख्छन् । बह्मज्ञानीहरुले देख्छन् । इमान पुर्वक हेर्नेले देख्छन् । सर्वसाधरण जनताले इमानका साथ ध्यान पुर्वक हेरे भने देख्छन् । त्यसैले ७४ साल पछिको आमनिर्वाचन पछिको सरकारले गरेको काम प्राय सबैले हेरे तर सर्वसाधरण, दुरदृष्टि राख्ने ज्ञानीहरुले मात्रै देखे । जे देखिन्छ, त्यही बोल्नु । देख्ने र बोल्ने फरक फरक कुरा जसले गर्छ बेइमान त्यही हो । देख्ने एकथोक बोल्ने अर्कोथोक । इमानपुर्वक देख्ने र इमानपुर्वक बोल्ने हरेक नागरिकको र प्रतिनिधिको कर्तव्य हो । त्यसैले अहिले कुरा उठ्या छ यो व्यवस्थाका विरुद्धमा कुन्नी कोको कोको आए अरे । यसप्रकारका कुरा उठ्या छ । संसदको गरिमा भएन भने व्यवस्थाको गरिमा हुदैन । संसदमा सबै मन्त्रालयका प्रतिनिधि आएर टन्न बस्नुपर्यो नि अध्यक्ष महोदय । यहाँ कुन विषयमा सांसदले बोल्छन् मन्त्रीलाई थाहा छ ? छैन ।”

सदन प्रभावकारी बनेर आधुनिक, प्रगतिशील र जनमुखी कानुन बनाएर अघि बढेमा व्यवस्था विरोधीहरु त्यसै ‘झिसमिस’ हुने तर्क गर्नुभयो ।

राष्ट्रियसभा सदस्य बेदुराम भुसालले हरेक क्षेत्रमा फैलिएको भ्रष्टाचार रुपी महारोगबाट सिंगो मुलुक आक्रान्त बनेको भन्दै न्यूनीकरणका लागि थप कदम सरकारको ध्यानाकर्षण गराउनुभयो । भ्रष्टाचारबाट मुलुकलाई मुक्त बनाउने बाटोमा सभाको भुमिका केन्द्रीत गर्न पनि उहाँले आग्रह गर्नुभयो । मलुकमा व्याप्त भ्रष्टाचार कोरोना भाईरस जस्तै भाईरस भएको भन्दै उहाँले न्यूनीकरणका लागि राष्ट्रियसभाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले मुलुकका अन्य समस्याहरुको न्यूनीकरण गर्दे सही बाटोमा लैजान र समाज रुपान्तरणका लागि आवश्यक अभियानहरु सञ्चालन गर्नका लागि सरकारलाई सहयोग गर्दे अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक क्षेत्रमा आएको परिर्वतन अनुसार सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न नसकेका कारण त्यसले प्रतिगमनको आधार तयार पार्दे गएको तर्क गर्नुभयो । विगत देखिनै राजनीतिक सफलतालाई नै सम्पुर्ण सफलता ठान्ने र अंहकारी व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुन नसकेका कारण परिर्वतनलाई प्रतिगमनले उल्टाउने गरेको स्मरण गराउँदै वर्तमान अवस्थामा पनि प्रतिगमन दोहोरिने हो कि भन्ने चिन्ता थपेको बताउनुभयो । राजसंस्थावादीहरु फेरि पनि जुर्रमुराउने प्रयास गरिरहेको भन्दै विगतको इतिहास दोहोरिन नदिन सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले विकास निर्माणको क्रममा अलपत्र परेका कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । समयमै निर्माण सम्पन्न नगर्दा वातावरण प्रतिकुल हुनुको साथै त्यसले सर्वधारण पनि मारमा पर्ने गरेकाले समयमै विकास निर्माणको कामहरु सम्पन्न गर्ने गरि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सरकारका कर्मचारी र सेवाग्राही दुवै प्रविधिमैत्री नहुँदा सेवाग्राहीले समयमा सेवा नपाएको तर्फ पनि गम्भीर बन्न आग्रह गर्नुभयो ।

राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले राष्ट्रियसभाको बैठकमा जनताको सवालमा गरिने बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । सबै आलोचना र सबै असहमति विमति र विरोध नहुने भएको विभिन्न विषयमा गरिने बहस र छलफललाई सकारात्मक रुपमा लिन आग्रह गर्नुभयो । उहाँले मुलुकलाई सम्मृद्ध बनाउनका लागि सार्थक बहस आवश्यक हुने तर्क गर्नुभयो । निरासा फैलाउने र उत्साह जगाउनेबीच, विकास र सम्मृद्धि चाहने र विकास र सम्मृद्धि नचाहनेबीच अन्र्तरविरोध श्रृजना भएको, गलत भ्रम श्रृजना गर्ने र सही देख्नेका बीच भ्रम श्रृजना भएको उल्लेख गर्दै उहाँले राष्ट्रियसभाले निरासाहरुमा आशाको मनोविज्ञान श्रृजना गर्नका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले सप्तरीमा जंगली हात्ती र देशी अर्नाबाट किसानहरु आतंकित भएको भएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बर्षात सुरु हुनु अगावै सप्तरी देखि पर्सा सम्मको बाढी आतंकलाई नियन्त्रणको प्रयास गर्न माग गर्नुभयो ।

विशेष समयमा बोल्ने अन्य राष्ट्रियसभा सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।