२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा एकजनामा कोरना भेटियो : स्वास्थ्य मन्त्रालय



अ+ अ-

काठमाडौँ । नेपालमा एकजनामा कोरनाको संक्रमण देखीएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरेको हो ।

मन्त्रालयका अनुसार कोरोनाको आशंकामा नमुना परीक्षण गराइएका ४ सय ५० मध्ये १ जनामा मात्रै पोजेटिभ देखिएको र उनी पनि निको भएर घर फर्किएको जनाएको छ ।

यस्तै स्वास्थ्य सचिव यादव कोइरालाले मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गरिरहेको बताए। उनले स्वास्थ्य र शिक्षा गम्भीर कुरा भएकाले सही सूचना प्रवाह गर्न आग्रह गरे। उनले भने, ‘हामीलाई जोखिमलाई हेरेर काम गरिरहेको छौं। नाकाहरुमा कडाइ गरेका छौं। स्थानीय र प्रदेश सरकासँग हातेमालो गरेका छौँ।’

सरकारले कोरोनाको आशंकामा हाल ६ जनालाई आइसोलेसनमा राखेको जनाएको छ। ४ जनालाई टेकु र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।

यस्तै, सिभिल अस्पतलबाट पनि कोरोनाको आशंकमा एक जना बिरामीको नमुना आएको तर परीक्षण भइनसकेको मन्त्रालयले जनाएको छ।