३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स



अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा (असोज महिनासम्म) विप्रेषण (रेमिट्यान्स)आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस अवधिमा विप्रेषण ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो ।

गत आवको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

यस्तै, चालु आवको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १,२३,४५९ पुगेको छ । जसमा, ७७, २५७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या १,१०,६५४ रहेको थियो ।