१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिए : पूर्व डिआइजी खरेल

देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिए : पूर्व डिआइजी खरेल
अ अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा ‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गर्दै खरेलले देशलाई नेतृत्व गर्नेहरुसँगै विभिन्न निकायको नेतृत्वगर्नेहरुले धोका दिएको बताउनुभएको हो । उहाँले जनताको सेवा गर्न जानेहरुले काम नगरेर भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको आरोप समेत लगाउनुभयो । जनतालाई न्याय र सुशासन दिन्छु भन्नेहरु नै धोका दिन अगाडि रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘देशमा जो जसले रुल गरिरहेका छन् । जसले नेपाली जनताहरुलाई तपाइहरुको सेवा गर्छु, तपाईहरुलाई न्याय दिन्छु, सुशासन दिन्छु भनेर भन्ने हाम्रा पोलिटिकल लिडर, सोसियल लिडर, पुलिसका लिडर मेलिटरीका लिडर, ज्युरिसियरीका लिडर सबैले धेरै जसोले हामीलाई धोका दिए । हामीलाई झुक्याए । हामीले सोचे अनुसारको न्याय पाएनौं ।’ उहाँले देशमा भ्रष्टाचार संस्थागत भएको र विसंगति निरन्तर बढिरहेकाले आफुहरु अभियान सञ्चालन गर्न बाध्य भएको बताउनुभयो ।

नेतृत्वमा भएका अधिकांश व्यक्तिहरुलाई भ्रष्टाचार नगरिकन निद्रा नलाग्ने आरोप समेत उहाँले लगाउनुभयो । उहाँले भ्रष्टाचार गर्ने बानीलाई नुसधारे ७७ जिल्लाका सबै नेपालीहरु शान्तीपूर्ण रुपमा सडकमा उत्रने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीलाई थाहा छ मेजोरीटी तपाईहरु एडिक्टेड हुनुहुन्छ । तपाइहरुलाई भ्रष्टाचार नगरीकन मेजोरीटीलाई भ्रष्टाचार नगरीकन तपाइहरुलाई निद्रा लाग्दैन त्यो हामीलाई थाहा छ । तपाइहरुमा हेल्दी एटिच्युड छैन सिक एटिच्युड छ भन्ने त्यो पनि हामीलाई थाहा छ । तर हामी तपाइहरुलाई आलग गराउन चाहन्छौं । तपाइहरु सुध्रिनुहोस्, यदि सुध्रिनुभएन भने ७७ जिल्लाका मधेस, तराई, पहाड, हिमाल, विदेशमा बसेका नेपालीहरु शान्तिपूर्वक ढंगबाट सडकमा उत्रने छन् र तपाइहरुलाई औंला ठड्याउने छन् ।’ उहाँले नेतृत्वले गरेको बदमासीलाई विश्वसामु राख्नका लागि पनि सडकमा उत्रने चेतावनी दिनुभयो ।

परादर्शिता र इमान्दारिताका साथ अभियानलाई अगाडि बढाउने समेत उहाँले बताउनुभयो । आफुहरुको अभियानमा व्यक्तिगत स्वार्थ र लोभ भएकाहरुले स्थान नपाउने तर समान उद्देश्य र विचार भएकाहरुसँग सहकार्य र एकता हुन सक्ने उहाँले बताउनुभयो ।