२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिए : पूर्व डिआइजी खरेल



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले देशलाई नेतृत्व गर्नेहरुले नागरिकलाई धोका दिएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा ‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ गर्दै खरेलले देशलाई नेतृत्व गर्नेहरुसँगै विभिन्न निकायको नेतृत्वगर्नेहरुले धोका दिएको बताउनुभएको हो । उहाँले जनताको सेवा गर्न जानेहरुले काम नगरेर भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको आरोप समेत लगाउनुभयो । जनतालाई न्याय र सुशासन दिन्छु भन्नेहरु नै धोका दिन अगाडि रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘देशमा जो जसले रुल गरिरहेका छन् । जसले नेपाली जनताहरुलाई तपाइहरुको सेवा गर्छु, तपाईहरुलाई न्याय दिन्छु, सुशासन दिन्छु भनेर भन्ने हाम्रा पोलिटिकल लिडर, सोसियल लिडर, पुलिसका लिडर मेलिटरीका लिडर, ज्युरिसियरीका लिडर सबैले धेरै जसोले हामीलाई धोका दिए । हामीलाई झुक्याए । हामीले सोचे अनुसारको न्याय पाएनौं ।’ उहाँले देशमा भ्रष्टाचार संस्थागत भएको र विसंगति निरन्तर बढिरहेकाले आफुहरु अभियान सञ्चालन गर्न बाध्य भएको बताउनुभयो ।

नेतृत्वमा भएका अधिकांश व्यक्तिहरुलाई भ्रष्टाचार नगरिकन निद्रा नलाग्ने आरोप समेत उहाँले लगाउनुभयो । उहाँले भ्रष्टाचार गर्ने बानीलाई नुसधारे ७७ जिल्लाका सबै नेपालीहरु शान्तीपूर्ण रुपमा सडकमा उत्रने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीलाई थाहा छ मेजोरीटी तपाईहरु एडिक्टेड हुनुहुन्छ । तपाइहरुलाई भ्रष्टाचार नगरीकन मेजोरीटीलाई भ्रष्टाचार नगरीकन तपाइहरुलाई निद्रा लाग्दैन त्यो हामीलाई थाहा छ । तपाइहरुमा हेल्दी एटिच्युड छैन सिक एटिच्युड छ भन्ने त्यो पनि हामीलाई थाहा छ । तर हामी तपाइहरुलाई आलग गराउन चाहन्छौं । तपाइहरु सुध्रिनुहोस्, यदि सुध्रिनुभएन भने ७७ जिल्लाका मधेस, तराई, पहाड, हिमाल, विदेशमा बसेका नेपालीहरु शान्तिपूर्वक ढंगबाट सडकमा उत्रने छन् र तपाइहरुलाई औंला ठड्याउने छन् ।’ उहाँले नेतृत्वले गरेको बदमासीलाई विश्वसामु राख्नका लागि पनि सडकमा उत्रने चेतावनी दिनुभयो ।

परादर्शिता र इमान्दारिताका साथ अभियानलाई अगाडि बढाउने समेत उहाँले बताउनुभयो । आफुहरुको अभियानमा व्यक्तिगत स्वार्थ र लोभ भएकाहरुले स्थान नपाउने तर समान उद्देश्य र विचार भएकाहरुसँग सहकार्य र एकता हुन सक्ने उहाँले बताउनुभयो ।