१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

कोरोनाको संक्रमण देखिएका देशहरुको भिसा रोक्ने

कोरोनाको संक्रमण देखिएका देशहरुको भिसा रोक्ने
अ अ+ अ-

काठमाडौं । सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरुको भिसा रोक्ने भएको छ ।

कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समुन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरुको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन र मध्यपूर्वका संक्रमित देशहरुबाट समेत भिसा रोक्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बढी संक्रमित देशहरुको नाम संकलन भइरहेको बताउनुभयो । तत्काल हवाई उडानहरु कटौती नगर्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो । बैठकले संक्रमण भइहालेको अवस्थामा तयारी गर्न स्वास्थ्यमन्त्रालयलाई भनेको छ । क्वारेन्टान सेन्टर, आइसोलेसन कक्ष तथा उपकरणहरुको आपूर्ति बढाउन मन्त्रालयलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

त्यसैगरी उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुको सुरक्षाका उपकरणहरुको आपूर्ति गर्न पनि समितिले भनेको छ । मन्त्री खतिवडाले तत्काल विद्यालय र परीक्षाहरु स्थगित नगर्ने निर्णय गरिएको बताउनुभयो । आवश्यक परेको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको मेडिकल टिम र मेडिकल कलेज तथा अन्य संघ संस्थाहरुबाट स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ । सरकारले सार्वजनिक समारोह, राजनीतिक भेला निरुत्साहित गर्न पनि आग्रह गरेको छ । यसैगरी विवाह, भोजभतेर र बढी मान्छेहरु जम्मा हुने कामहरु नगर्न र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्वभरी नै महामारी घोषणा गरेपछिको अवस्थाको समीक्षा गर्दै बैठकले नेपालमा जोखिमको अवस्था र छिमेकी मुलुकहरुको अवस्था तथा उपनाउनुपर्ने सतर्कताका बारेमा पनि छलफल गरेको छ ।