४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अनिल अधिकारीको ‘कसले भनेको’ सार्वजनिक

अनिल अधिकारीको ‘कसले भनेको’ सार्वजनिक
अ+ अ-

काठमाडौं । संगीतकार तथा गायक अनिल अधिकारीले आफ्नो नवीनतम सिर्जना ‘कसले भनेको’ सार्वजनिक गरेका छन् ।

आफ्नै शब्द तथा संगीतमा तयार भएको यो गीत अनिल अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा अनिल अधिकारीलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

जीवनप्रतिको उत्साह, सकारात्मक सोच र प्रेमभावलाई रमाइला शब्द र सहज लयमा प्रस्तुत गरिएको यो गीतको एरेन्जर सारिता राई हुन् । गीतको भिडियो निर्देशन नवेश खड्काले गरेका छन् भने छायांकन उद्धव दाहालले सम्हालेका छन् ।

भिडियोमा पछिल्लो समय चलचित्र क्षेत्रमा लोकप्रियता कमाएकी सानिसा भट्टराईले आकर्षक नृत्य–अभिनय प्रस्तुत गरेकी छन् ।

उनलाई आशिर्वाद क्षेत्री र स्वयं अनिल अधिकारीले साथ दिएका छन् । नेवारी कला–संस्कृति, परम्परागत पोसाक र पुरातन वास्तुकलाका झल्काहरू समेटिएको भिडियोले गीतलाई थप सांस्कृतिक गहिराइ प्रदान गरेको छ ।

नेपाली संगीत क्षेत्रमा निरन्तर मौलिकता र भावना पोख्ने सर्जकका रूपमा स्थापित अधिकारीका ‘साझको बतासले’, ‘सम्झ त्यो दिन’जस्ता गीतहरू पहिले नै चर्चित भइसकेका छन् ।

दर्शक–श्रोताप्रति आभार व्यक्त गर्दै उनले भने, “मेरा गीतलाई दर्शकले दिएको माया मेरो ठूलो प्रेरणा हो । ‘कस्ले भनेको’ले सबैमा नयाँ ऊर्जा र खुसी फैलाओस् भन्ने आशा छ ।”

संगीत, शब्द, स्वर र मनमोहक दृश्य संयोजनले चम्किएको ‘कसले भनेको’ले नेपाली संगीत बजारमा ताजगी र उमंगको नयाँ अनुभूति ल्याउने आशा व्यक्त गरिएको छ ।