२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुस–सुन्तली किन रुदै हिँड्न बाध्य छन् ?



अ+ अ-

काठमाडौं । कुनै व्यक्तिले महत्वाकांक्षी योजना बनाएर देश र समाजलाई केही योगदान गर्छु भनेर अघि बढे पक्कै पनि सरकारले पनि सहयोग गर्छ भन्ने आम बुझाइ हो । तर एउटा सपना बोकेर कामसमेत सुरु गरिसकेका कलाकार सीताराम कट्टेल (धुर्मुस)लाई त्यही योजना घाँडो मात्र भएको छैन, कुन बेला जीवन नै समाप्त होला भन्ने अवस्थामा पुर्‍याएको छ ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको महत्वाकांक्षी योजना बनाएका धुर्मुस–सुन्तलीको जोडी एकपछि अर्को परिवन्दमा फसेका छन् । उनीहरुको वास्तविक पीडा सरकारले बुझ्नै सकेको छैन । या बुझेर पनि बुच पचाएर बसेको छ । राज्यका अनेक निकायमा धाइरहँदा पनि उनीहरुले हैरानी कम हुनु त कता हो कता झन् बढ्दै गएको छ ।

रंगशाला निर्माण गर्दा लागेको रकम तिर्न नसकेपछि अहिले पनि उनीहरु सिंहदरबार धाइरहेका छन् । हातभरी फाइल बोकेर सिंहदरबारका कोठा–कोठमा पुग्दा पनि राज्यले सुनेको छैन ।

क्रिकेट रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख रुपैयाँ संकलन गरेका धुर्मुस–सुन्तलीले हाल १८ करोड ४३ लाख रुपैयाँ तिर्नुपर्ने छ । सोही रकमका लागि उनीहरू भोक, प्यास नभनी राज्यका निकायहरूमा दौडधुप गरिरहेका छन् ।

धुर्मुसले रंगशाला निर्माणको आय–व्यव सार्वजनिक गर्दै भनेका छन्, ‘५७ करोड ९२ लाख खर्च भनिएको छ । हो त्यही हो वास्तविक खर्च । १८ करोड ४३ लाख तिर्नुपर्ने हो । उधारो हो, त्यही हो तिर्नुपर्ने हिसाब । ३९ करोड ८० लाख नगद जिन्सी गरेर रकम संकलन गरेका हौँ हामीले । कहीँ लुकाउन खोजेका होइनौँ, छिपाउन खोजेका होइनौँ ।’

अहिले धर्मुस मानसिक रुपमा पनि तनावमा छन् । देश र जनताका लागि सुरु गरेका योजना नै अहिले निल्नु न ओकल्नु भएको छ । उनको बास अधिकांश समय घरबाहिर नै हुने गरेको छ । कहिले सिंहदरबार त कहिले पुल्चोक अनि कहिले भरतपुर धाइरहेका धुर्मुसलाई राज्यले किन पीडा दिइरहेको छ बुझिनसक्नु छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनस्थित कृषि क्याम्पसको जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न सुरु गरे पनि रकम अभावका कारण पूरा गर्न सकेनन् । अधुरो रहेको उक्त रंगशाला हाल सरकारले नै पूरा गर्नेगरी काम अगाडि बढाएको छ ।

रंगशालामा करिब ६० करोड बराबरको काम गरेको सरकारी मूल्यांकन रिपोर्ट छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजले गरेको प्राविधिक जाँचका आधारमा फाउण्डेसनले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम गरेको मूल्यांकन रिपोर्ट तयार गरेको छ । सो रिपोर्ट भरतपुर महानगरपालिकामा पेश गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा फाउण्डेसनले गरेको कामको ऋण/उधारो तिर्ने प्रयोजनका लागि प्राविधिक मूल्यांकनको काम अगाडि बढाउने घोषणा बजेटमार्फत गरेको थियो । पुल्चोक इन्जिनियरिङ कलेज, भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेसनका बीचमा २०८२ भदौ १६ गते प्राविधिक मूल्यांकन गराउने त्रिपक्षीय समझदारी भएको थियो ।

कलेजले दिएको रिपोर्टमा फाउण्डेसन गैरनाफामूलक संस्था भएकाले अन्य कम्पनीले नियमानुसार पाउने १५ प्रतिशत ओभरहेड रकम प्रदान नगरेको जनाएको छ । फाउण्डेसनले कार्यालय सञ्चालन, प्राविधिक तथा गैरप्राविधिक कर्मचारी, कार्यालय सहयोगी साथै चौकीदारसमेतको खर्च गरेकाले ४ प्रतिशत कार्यालय सञ्चालन रकम त्यसमा जोडिएको छ ।

कलेजले तयार गरेको प्रतिवेदनमा फाउण्डेसनले रंगशालाभित्र निर्माण गरिएको नमूना क्रिकेट मैदान, कालोमाटोसहितको ढुवानी २३ लाख ७४ हजार, मैदानमा दुबो रोप्दा लागेको ३९ लाख ३७ हजार ९ सय ४७ रकम त्यसमा जोेडेको छैन ।

यसैगरी रंगशाला भित्र मौज्दात रहेको निर्माण सामग्रीहरु, स्क्राप सामग्रीहरुको रकम २ करोड ४६ लाख २१ हजार कलेजको प्रतिवेदनमा जोडिएको छैन ।

यी रकम बाहेक नै फाउण्डेसनले ५९ करोडभन्दा बढीको भौतिक काम गरेको देखिएको छ ।

धुर्मस–सुन्तली फाउण्डेसनले गत साउन १८ गते महानगरपालिकालाई पत्र लेखेर प्राविधिक मूल्यांकनमा सहजीकरण गरिदिन अनुरोध गरेको थियो । सरकारले फाउण्डेसनका तर्फबाट भएको कामको उधारो रकम तिर्नका लागि चालु आर्थिक वर्षमा १५ करोड रकम विनियोजन गरेको छ । सो रकम कोष तथा लेखा नियन्त्रक कार्यालय हुँदै महानगरपालिकामा अख्तियारीसमेत आइसकेको छ । तर महानगरपालिकाले रकम दिएको छैन । प्रतिवेदन अध्ययन गर्ने भन्दै अल्झाएर राखिएको छ ।

हो, अहिले धुर्मुस–सुन्तली त्यही उधारो रकम तिर्नका लागि सरकारी मूल्यांकनमै देखिएको बजेट निकासाका लागि धाइरहेका हुन् । रंगशाला बनाउँदा विभिन्न पक्षबाट ल्याइएको सामानको १८ करोड ४३ रकम भुक्तानी दिन बाँकी देखिन्छ । तर, फाउण्डेसनले जम्मा १५ करोड मात्रै भुक्तानी पाउनेछ । ३ करोडभन्दा बढी रकम पाउनुपर्ने प्राविधिक मूल्यांकनमा देखिए पनि सरकारले १५ करोड मात्रै छुट्टाएको छ ।




भर्खरै