काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ ह्वातै घटेको छ । शुक्रबार एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलाको ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी तोलामा ४० रुपैयाँ घटेर तोलाको आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबार खस्किएसँगै सुनचाँदीको भाउ घटेको महासङ्घले जनाएको छ ।