६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीको उपचारका लागि रु १२ लाख सहयोग



अ+ अ-

म्याग्दी। जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका एक जना कलेजोसम्बन्धी बिरामीको उपचारका लागि रु १२ लाख सहयोग गरिएको छ ।

‘लिभर क्रोहोसिस’सम्बन्धी समस्याबाट थलिएका ४० वर्षीय मिमबहादुर श्रीसको उपचारका लागि वडा कार्यालयको पहलमा स्वदेश तथा विदेशमा रहेका भकिम्लीवासीले उक्त रकम सहयोग गरेका हुन् ।

गत भदौदेखि सञ्चालन भएको अभियानमार्फत सङ्कलन भएको रु १२ लाख दुई हजार ४१२ आज मिमबहादुरलाई हस्तान्तरण गरिएको बेनी नगरपालिका–३ का अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।

विगत १० वर्षदेखि बिरामी परेका मिमबहादुरको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएपछि सहयोग जुटाइएको उहाँले बताउनुभयो । रकम जुटेपछि मिमबहादुरको पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचारको तयारी गरेको उहाँकी बहिनी दिया पुनले बताउनुभयो ।

भकिम्लीका तारामिलन छन्त्याल, शेरबहादुर छन्त्याल, चित्र पुन, रेशम काउचा, रन्जिता पुन घर्ती, मिलन घर्तीलगायतका व्यक्तिहरूले प्रवासमा सहयोग जुटाउन समन्वय गर्नुभएको थियो ।रासस