२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदिरा सेवनबाट पाँचको मृत्यु



अ+ अ-

धनुषा । धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका पाँचको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा, ३० वर्षीय रामनारायण महरा र ४२ वर्षीय बिलास मण्डल रहेको इप्रका महेन्द्रनगरका इञ्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिनुभयो । प्रहरी निरीक्षक नायकले होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवनको उनीहरुको मृत्यु भएको बताउनुभयो ।

मृतकलाई जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ । घटनाको अनुसन्धानमा मृतकको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाइ छ ।