६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता



अ+ अ-

जनकपुरधाम। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१/८२ मा तीन हजार ४८ र गत आवको जिम्मेवारी सरिआएका नौ सय २३ उजुरी गरी तीन हजार ९७१ उजुरी दर्ता भएको उल्लेख छ ।

कुल उजुरीमध्ये दुई हजार ९१० उजुरी फछ्र्योट भएको र बाँकी एक हजार ६१ उजुरी आव २०८२/८३ मा छानबिन हुनेगरी जिम्मेवारी सरेको अख्तियारले जनाएको छ ।

अख्तियारको बर्दिबास कार्यालयमा घुस रिसवतसम्बन्धी ३७ वटा, गैरकानुनी हानिलाभसम्बन्धी ३५ वटा, झुठा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति अर्जनसम्बन्धी आठ उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी, यी उजुरीहरूमा छ सय १९ पुरुष, ९४ महिला तथा ४० सङ्घसंस्था गरी सात सय ५३ प्रतिवादीविरुद्ध कैद सजाय तथा जरिवाना गरिएको छ । जरिवानामार्फत रु छ अर्ब एक करोड ८४ लाख ७२ हजार बढी बिगो मागदाबी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस