२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलङ्की-धोबीखोला सडकका चिरा पुरिने



अ+ अ-

काठमाडौं । विस्तारको तयारीमा रहेको कलङ्की–धोबीखोला सडकमा चिरा पुर्ने काम (क्रकसिल) गरिने भएको छ । सडक विभागले चिराबाट पानी छिरेर सडक अझै जीर्ण नबनोस् भनी चिरा पुर्न लागेको हो ।

यस सडकमा विस्तार शुरु हुनु पहिले सडक प्रयोगकर्तालाई आवतजावत सहज होस् भनी यस किसिमको मर्मत गर्न लागिएको हो । यस किसिमको मर्मतले सडक सुधारभन्दा पनि थप बिग्रनबाट रोक्ने डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुवेर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार सडक निर्माण शुरु हुनु पहिले थप क्षति नपुगोस् भनी एक वर्षलाई लक्षित गरी सो काम गर्न लागिएको हो । यस किसिमको मर्मत नयाँ नभए पनि नेपालमा कम मात्रै हुने गरेको छ । कालोपत्र सडकमा पानीका कारण क्षति पुग्ने भएकाले सडकको भित्र पानी जानबाट रोक्ने उहाँले बताउनुभयो । यसले थोरै खर्च गरेर पनि ठूलो रकम बराबरको काम गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसलाई हामीले लाख खर्च गरेर करोड जोगाउने कामका रुपमा लिने गर्छौँ ।”

चक्रपथमा कोटेश्वर–कलङ्की खण्डमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डका रूपमा कलङ्की–धोबीखोला विस्तार गर्ने भएको छ । चिनियाँ टोलीले यसअघि नै यस सडकमा विस्तृत अध्ययन गरिसकेको छ । चक्रपथको पहिलो खण्ड निर्माण गर्दा आकाशे पुल कम भएकाले यस खण्डमा एक÷एक किमीको दूरीमा निर्माण गरिने भएको छ । यस सडकमा दुई ‘अण्डर पास’ निर्माण हुनेछन् । सडकमा दुर्घटनामा कम गराउन बीच भागमा डिभाइडर हुनेछ । पहिलो खण्डमा जस्तै यस सडकमा मुख्य लेन र सहायक लेन चार÷चार गरी जम्मा आठ लेनको हुनेछ ।