१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

सडकको अवस्था बुझ्न पैदल यात्रामा मन्त्री मानन्धर

सडकको अवस्था बुझ्न पैदल यात्रामा मन्त्री मानन्धर
अ अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौंका सडकको अवस्थाबारे स्थलगत अनुगमन थालेका छन्। सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कामलाई तिब्रता दिएसँगै पछिल्लो अवस्थाबारे मन्त्री मानन्धरले पैदल अनुगमन गरेका हुन् ।

शुक्रबार बिहान मन्त्री मानन्धरले बालाजु चोकदेखि सोह्खुट्टेसम्म कालोपत्रे गरिएको सडकको अनुगमन गरेका हुन् । यस्तै बालाजु नयाँबजारस्थित विष्णुमति करिडोरको लिंक रोडमा गर्नलागिएको कालोपत्रेको बारेमा पनि मन्त्री मानन्धरले अवलोकन गरे । सडक कालोपत्रे र रेखांकनको अवस्थाबारे अनुगमन गर्न पुगेका मन्त्री मानन्धरले बालाजु क्षेत्रमा हुने जाम घटाउनका लागि बालाजु पुलको तलबाट अण्डरपास निर्माण गर्ने तयारी भइरहेको जानकारी समेत दिएका छन्।

मन्त्री मानन्धरले काठमाडौै उपत्यकामा कालोपत्रे गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरिक्षण गरिने बताए । ठेकेदारले कालोपत्रे गर्दा प्रयोग गरेको सामग्रीको गुणस्तर परिक्षण गरिने बताउँदै मन्त्री मानन्धरले कमसल सामग्री प्रयोग गरेको पाईए कारबाही गरिने चेतावनी समेत दिए । सहरको सुन्दरतालाई कायम राख्न र धुवाँ धुलोमुक्त राजधानी बनाउनका लागि सरकारले प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले पछिल्लो समयमा कालोपत्रेको कामलाई तिब्रता दिइएको बताए ।

भौतिक मन्त्रालय र सहरी विकास मन्त्रालयको सम्वन्वयमा उपत्यकाका सडकलाई व्यवस्थित पार्न लागिएको बताउँदै मन्त्री मानन्धरले आफ्नो क्षेत्रमा भएको विकास निर्माणबारे चासो देखाउन सर्वसाधारणलाई आग्रह समेत गरे । केही समयभित्र उपत्यकाका भित्री र बािहरि सडकको स्वरुप परिवर्तन हुने बताउँदै मन्त्री मानन्धरले समस्या भएको स्थानका बारेमा सरकारलाई तत्काल खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।

पार्किङको दिगो व्यवस्थापन प्रयास
मन्त्रि मानन्धरले काठमाडौं उपत्यकामा बढ्दो सहरी चापका कारण जाम बढेको बताउँदै दिगो पार्कीङ व्यवस्थापन पनि थालिएको बताए । उपत्यकाका नदी किनारका करिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन थालिने बताउँदै ट्राफिक प्रहरी महाशाखासँग सम्वन्वय भइरहेको जानकारी दिए । बागमति विष्णुमती धोविखोला लगायतका करिडोर सडकका खाली स्थानमा पार्किङको व्यवस्थापन गर्न लागिएको बताउँदै भित्री सहरका खाली स्थान पहिचान गरेर पार्किङ क्षेत्र तोकिने मन्त्री मानन्धरको भनाई छ ।