२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृतावस्थामा फेला



अ+ अ-

डोटी । शिखर नगरपालिकामा पर्ने डा केआइसिंह राजमार्गको गेरुपानीको सडकमा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार वडा नं २ कठालीगाउँका अन्दाजी ६६ वर्षीय अनिल मल्ल डडेल्धुरा दिपायल जोड्ने डा केआइसिंह राजमार्गको गेरुपानी सडकको नालीमा मृतावस्थामा फेला पर्नुभएको हो ।

मल्लको टाउकामा चोट लागेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । टाउकामा चोट लागेका कारण आफन्तले उहाँको हत्या भएको आशङ्का गरेका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मल्ल डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजार जान्छु भन्दै घरबाट हिँड्नुभएको उहाँका आफन्तले जनाएका छन् ।