२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबारे सरकारले जारी गर्यो १० बुँदे अत्यन्त जरुरी सूचना



अ+ अ-

काठमाडौं । महामारी घोषणा भएको कोराना भाइरसबाट जोगिनका लागि नेपालको अध्यागमन विभागले एक जरुरी सूचना जारी गरेको छ । शुक्रवार विभागले विदेशबाट आउने नेपाली र विदेशी दुवैका लागि सूचना जारी गर्दै विभिन्न निर्देशन दिइएको हो ।

विभागका अनुसार शनिवारदेखि चैत १७ गतेसम्मका लागि सबै किसिमका अनअराइभल भिसा स्थगित गरिएको छ ।

नेपाल आउनका लागि वैध भिसा लिएर बसिरहेका विदेशीले नेपाल आउनुभन्दा ७ दिनअघि जारी भएको स्वाब परीक्षणको स्वास्थ्य प्रमाणपत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागमा बुझाउनुपर्नेछ ।

नेपाल आउने अत्यावश्यक काम परेका विदेशी नागरिक र गैरआवासीय नेपालीहरूले नेपालका कूटनीतिक नियोगबाट अनुमति लिनुपर्नेछ ।

गैरआवासीय नेपालीलाई दिइँदै आएको अनअराइभल भिसा पनि माथि उल्लेखित अवधिका लागि रद्द गरिएको छ ।

शनिवारदेखि नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा अनि विदेशमा बसेर नेपाल आएका नेपालीले होम क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्नेछ ।

कूटनीतिक वा आधिकारिक भिसा लिएर पहिलोपटक नेपाल प्रवेश गर्ने विदेशीहरूले अनि विदेश गएर आएका नेपालीहरूले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

सबै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक विदेशको यात्रा नगर्न र यात्रा गर्दा पनि बचाउको सम्पूर्ण तयारी गरेर मात्र गर्न आग्रह गरिएको छ ।

उक्त अवधिमा तेस्रो मुलुकबाट आउने विदेशीहरूलाई स्थलमार्ग सीमा नाका हुँदै आउन प्रतिबन्ध लगाइएको छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै आउन अनुरोध गरिएको छ ।

यस सिजनका लागि पर्वतारोहणका लागि दिइएको सबै अनुमति रद्द गरिएको छ ।