१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

भ्रष्टाचार गर्ने जो सुकै भएपनि कारवाही गर्नुपर्छ : नेपाल

भ्रष्टाचार गर्ने जो सुकै भएपनि कारवाही गर्नुपर्छ : नेपाल
अ अ+ अ-

काठमाडौं । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पुर्वाग्रह कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पुर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पुर्वाग्रह नराखी कारवाही गर्न माग गर्नुभएको हो । उहाँले तारा गाउँ, वाईडवडी, न्यारोवडी लगायतमा आर्थिक अनियमितताका कयौ प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “तारा गाउँ, वाइडवडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्नहरु खडा भएका छन् । वाईडवडीमा त देखा देखी बद्मासी छ । त्यो भईसकेपछि त्यसलाई छानविन, अगाडि बढाउने , कारवाहीको विषय बनाउने । जो सुकै होस् छोड्ने कुरा आउँदैन । जो सुकै जुनसुकै क्षेत्रमा होस् । आग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन । पुर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन । दोषीले सँजाय भोग्नुपर्छ । ”

उहाँले विकास निर्माण लगायतका आयोजनाहरु बनाउँदा दीर्घकालिन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिनुभयो । छोटो समयमा नै असफल देखिने योजनाहरु बनाईएको भन्दै उहाँले संभावित आवश्यकता र प्रभावको आकलन गरेर योजना तर्जुमा गर्न आग्रह गर्नुभयो । लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा बनाईएको एरोवृजको उदाहरण दिदै त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वाटरका भवन निर्माणमा पनि दीर्घकालिन सोच राख्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “कति आउछन् लुम्बिनीमा त्यो सबै सोचेर बनाए हुदैन ? त्यसको पार्ट वान अहिले लागु गरौ । पार्ट टु त्यसपछि लागु गरौ । पार्ट थ्रि त्यसपछि लागु गरौ । पार्ट वानमा एरोवृज छदै छैन । त्यस्तै उदाहरण हो यो काठमाण्डौ त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट । एयरपोर्टको सिंगो जग्गा कति विस्तार गर्न सकिन्छ र के के गर्न सकिन्छ भन्ने बारेमा परसम्मको सोच कहिलेही पनि भएन । हामी कहाँ सबै कुराहरुमा सोच छैन । पुल बनाउदा त्यस्तै छ । घर बनाउँदा पनि त्यस्तै छ । स्टडी रुम हुदैन । बालुवाटारमा जाँदाखेरी देखेँ । प्रधानमन्त्रीले पढ्ने कोठै छैन । कस्ता प्रधानमन्त्री तास खेलेर बस्ने हो कि जुवा खेलेर बस्ने हो ? पञ्चायत कालमा त त्यो भयो भयो बहुदलकालमा त त्यस्तो नहुनुपर्ने । यस्तो छ हाम्रो देशमा । मन्त्री क्वाटर त्यस्तै हो ।”

उहाँले टर्किस एयरलायन्सले काठमाण्डौमा लिने हवाई इन्धनको मुल्य अत्यन्तै बढी भएकाले उडान नै स्थगित गर्ने संभावना रहेकाले त्यसबारे मन्त्रालयको ध्यानाआकर्षण गराउनुभयो ।