१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित कमेन्टेटर आकाश चोपडाले एनपीएलमा कमेन्ट्री गर्ने



अ+ अ-

काठमाडौं । भारतका पूर्व क्रिकेटर तथा चर्चित कमेन्टेटर आकाश चोपडाले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको कमेन्ट्री गर्ने भएका छन् ।

एनपीएलको यस सिजनका लागि आकाश चोपडा कमेन्ट्री टिममा जोडिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ ।

क्यानका सचिव पारस खड्काले चोपडाको नेपाल आगमनका लागि खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आकाश चोपडालाई नेपालमा स्वागत छ । तपाईंलाई यहाँ देख्न पाउँदा खुसी लागेको छ । हिमालको उत्सवमा हार्दिक स्वागत छ ।’

चोपडालाई विश्व क्रिकेटमा अहिलेका उत्कृष्ट कमेन्टेटरमा मानिन्छ । नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका चोपडाले गत सिजन पनि एनपीएलमा कमेन्ट्री गर्न इच्छा व्यक्त गरेका थिए ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदै छ ।