काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङलाई किन नहटाउने भन्दै प्रधानमन्त्री सुशीला कार्कीमाथि प्रश्न गरेका छन् ।
महासचिव पोखरेलले घिसिङलाई बर्खास्त गर्नुपर्ने सुझाव अप्रत्यक्षरुपमा दिएका छन् ।
गैरदलीय सरकार भनिएपछि घिसिङले निर्वाचनमा दल दर्ता गरिसकेकाले सरकारमा बस्न नमिल्ने जिकीर उनको छ ।
महासचिव पोखरेलले प्रधानमन्त्री कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–
प्रधानमन्त्री सुशिला कार्कीले चुनावका लागि गैरदलिय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ? यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिवद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?!










