२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण
अ अ+ अ-

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा १२ जना उद्यमीलाई रु एक–एक लाखका दरले ऋण उपलब्ध गराइएको हो ।

गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यका अनुसार चार किस्तामा फिर्ता गर्नेगरी वार्षिक सात प्रतिशत ब्याजदरमा बिनाधितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको छ । चार महिनापछि चार–चार महिनामा रु २५ हजारका दरले १६ महिनामा सबै रकम फिर्ता गर्नेगरी ऋण उपलब्ध गराइएको हो । आवेदन सङ्कलन, उद्यमको स्थलगत अनुगमन, आवद्ध टोल विकास संस्थाको निर्णय र वडा कार्यालयको सिफारिसका आधारमा उद्यमी छनोट गरिएको छ ।

वडा नं १ का गङ्गाकुमारी पाइजाले कुखुरापालन, वडा नं ६ का छममाया खोर्जा पुनले बाख्रापालनरतरकारीखेती, वडा नं २ की चन्द्रकली घर्तीक्षेत्रीले भैँसीपालन, ८ की गुमा क्षेत्री, नारायण जिसीले पशुपालन, वडा नं ४ का जगतबहादुर घर्ती क्षेत्रीले माछापालन, ढकबहादुर घर्ती क्षेत्री, वडा नं ८ का शिवबहादुर जिसीले कुखुरारमाछापालन, वडा नं ९ का बमबहादुर गर्बुजा मगरले पलास्टिक पोखरी निर्माण, ८ का गगनबहादुर महतले भैँसीपालन, ३ की माया घर्ती क्षेत्रीले सौन्दर्य सामग्री व्यवसाय र वडा नं ७ का दुर्गा दमाईले तरकारीखेतीरकुखुरापालनका लागि ऋण पाउनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको रोहबरमा बुधबार सम्झौता गरी उद्यमीहरूको खातामा रकम पठाइएको हो । आव २०८०र८१ मा नौ जनालाई रु नौ लाख, २०८१र८२ मा २० जनालाई रु १९ लाख ७५ हजार लगानी गरिएको घुम्ती कोषमार्फत चालु आवको फागुनमा थप आठ र असारमा पाँच जनालाई लगानी गरिने गाउँपालिकाले जनाएको छ ।

सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, युवाको विदेश पलायन न्यूनीकरण गरी रोजगारीका अवसर सृजना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ ।

पालिकाभित्रै व्यावसायिक रूपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपन्छीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि बिनाधितो ऋण प्रवाहले प्रेरणा मिलेको छ । रासस