२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको कूटनीति, सत्तामा बसेर निर्वाचनमा भाग !



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा देशलाई लोडसेडिङबाट मुक्त गराएर चर्चामा आएका कुलमान घिसिङ अहिले फेरि राजनीतिक दल खोलेर अर्को चर्चा बटुलिरहेका छन् । वर्तमान सरकारको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीसमेत रहेका घिसिङको संलग्नतामा उज्यालो नेपाल पार्टीले दर्ताको निवेदन दिएको छ । तर घिसिङ भने ५१ सदस्यीय समितिमा संलग्न छैनन् । उनी नभए पनि यो दल उनकै अग्रसरतामा खोलिएको हो भन्ने पुष्टि भइसकेको छ ।

कुलमानलाई राजनीतिक गर्ने मोह जाग्नुको कारण हो– जेन–जी विद्रोहपछि परम्परागत राजनीतिक दलहरुप्रति जनताले गरेको अविश्वास । यही बेला उनी राजनीतिमा स्थापित हुन दल दर्ता गराएका छन् । अहिले दर्ताका निवेदन दिएको उज्यालो नेपाल पार्टीमा उनी केन्द्रीय समितिमा नभए पनि सरकारबाट हटेलगत्तै अध्यक्ष बन्ने छन् ।

दल दर्ता गर्दा नै घिसिङलाई अध्यक्ष बनाउने तयारी थियो । तर सरकारको काम महत्वपूर्ण रहेकाले बाहिरै बसेर उनी दललाई सहयोग गर्न तयार भएका हुन् । तत्कालै दलको नेतृत्वमा बस्दा विरोध हुने बुझेका उनले सरकारमा बसेर पार्टीलाई चुनावमा सहभागी गराउँदै छन् । चुनाव लड्ने अवस्था आएमा मात्र उनी उम्मेदवारी दर्ता गर्नुअघि सरकारबाट बाहिरिने मनस्थितिमा छन् । तर त्यो पनि यकीन भइसकेको छैन । सरकारमै बसेर पनि उनी निर्वाचनसमेत लड्न सक्ने छन् ।

अहिले आफू सरकारमा रहँदा पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने अपेक्षा उनको छ । पार्टी गठनका लागि लामो समयदेखि चल्दै आएका महत्वपूर्ण संवादहरूको अगुवाई पनि उनले गर्दै आएका छन् । उनकै आकांक्षा र चाहना बमोजिम बनेको दललाई आफू सरकारमा बसेर सहयोग गर्दा निर्वाचनमा फाइदा पुग्ने विश्वासमा उनमा छ ।

जेन–जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय हो । अहिलेसम्म सरकारमा कुनै पनि दलको सहभागिता छैन । तर कुलमानको दल दर्ता भएपछि सरकारमा उनको मात्रै प्रतिनिधित्व हुने छ । यसले कुलमानलाई नैतिक संकट त पर्छ नै प्रधानमन्त्री कार्कीलाई समेत अप्ठ्यारो पर्न सक्छ ।

विकसित लोकतन्त्रहरूमा सामान्य अवस्थाको नियमित चुनाव नजिकिंदै गर्दा पनि सरकारी खर्च, नीति परिवर्तन र सार्वजनिक विज्ञापनमा समेत प्रतिबन्ध लगाउने अभ्यास हुन्छ । यसको एउटै उद्देश्य हो– सत्ता पक्षले राज्यको स्रोतबाट चुनावी फाइदा नउठाओस् । तर अहिले घिसिङ महत्वपूर्ण र शक्तिशाली तीन मन्त्रालय हाँकिरहेका छन् । उनले चलाइरहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गरी बजेटका हिसाबले सर्वाधिक शक्तिशाली छन् । जुन आर्थिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छन् ।

गैरदलीय भनिएको सरकारमा कुलमान मात्र बन्ने अवस्था आयो भने अरु राजनीतिक दलले पनि विरोध गर्न सक्छन् । किनकी सरकारमा बसेर र जेन–जीका केही समूहको साथ लिएर चुनाव प्रभावित पार्ने जोखिम हुन्छ । राजनीतिक संस्कार देखाएर कुलमानले दल दर्ता भएलगत्तै मन्त्री पद छाडे त खासै फरक नपर्ला तर सरकारमै बसेर पार्टीलाई चुनावमा लैजान खोजे भने चाहिँ उनको नैतिकतामाथि पनि उठ्न उठ्ने छ ।

त्यसो त संसदीय व्यवस्थामा मन्त्रीले चुनावै लड्न नपाउने भन्ने हुँदैन । यो स्वतन्त्रताको सदुपयोग घिसिङले पनि गर्न सक्छन् । तर, यो सरकारलाई संवैधानिकभन्दा राजनीतिक रूपमा हेर्नुपर्छ ।

घिसिङले जसरी पर्दापछाडिबाट काम गरिरहेका छन्, यो गैरलोकतान्त्रिक चरित्र हो । लोकतन्त्रमा उनले खुलमखुल्ला कुरा राख्नुपर्छ । कोठाभित्र बसेर पर्दा पछाडिबाट सञ्चालन हुने अपारदर्शी कार्यशैली लोकतान्त्रिक होइन । किनकी देश चलाउने कुरा विद्युत प्राधिकरण चलाएजस्तो हुँदैन, होइन ।

नागरिक सरकारको शक्तिको स्रोत नै सार्वजनिक विश्वास हो । त्यसैले सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्नो ‘निजी स्वार्थ’ लाई ‘सार्वजनिक हित’ भन्दा माथि राख्नु हुँदैन । निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकारमा बसेका व्यक्तिले आफ्नो शक्ति वा पहुँचलाई कुनै पनि पार्टी विशेषको हितमा प्रयोग नगर्ने प्रतिज्ञा गर्नुपर्छ । घिसिङले ठूलो बजेट भएका मन्त्रालय सम्हाल्नु र सोही समयमा दललाई स्रोत/समय दिनुले यो मान्यताको ठाडो उल्लंघन गर्छ । यसले प्रधानमन्त्री कार्कीमाथि पनि प्रश्न उठ्न सक्छ ।