२२ फाल्गुन २०८१, बिहीबार
March 6, 2025 Thursday
Latest
‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’ अन्तरराष्ट्रिय नाट्य महोत्सव शुक्रबारदेखि महिलाको विकास सरकारको उच्च प्राथमिकतामा लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैन : गृहमन्त्री लेखक मधानी महोत्सव : ६६ लाख खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार देश बचाउन र भ्रष्ट नेतालाई ठेगान लगाउन जनता सडकमा आउनुको विकल्प छैन् : प्रभु साह चौथो खुमबहादुर खड्का स्मृति भलिबलको सेमीफाईनल समीकरण पूरा ‘नो केबुलकार’ आन्दोलन लिम्बूहरुको मात्रै होइन, सम्पूर्ण उत्पीडितहरुको: अन्सारी सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो : मन्त्री अधिकारी निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले चार वर्षपछि पायो पदाधिकारी र विभाग



अ+ अ-

बागलुङ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले निर्वाचन भएको चार वर्षपछि पूर्णता पाएको छ । काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले निर्वाचित भएको चार वर्षपछि पदाधिकारी र विभाग गठन गर्नुभएको हो । सभापतिले आफ्नो कार्यकाल सकेपछि थपिएको समयमा पदाधिकारी थप गर्नुभएको हो । सभापति थापाले निसीखोलाका पुराना नेता तुलासिंह घर्तीमगरलाई उपसभापति, रेशका चित्रबहादुर कार्कीलाई सचिव र जैदीका सीताराम रसाइलीलाई सहसचिवमा मनोनयन गर्नुभएको छ ।

शुक्रबार सभापति थापाले ती नामावली सार्वजनिक गर्नुभएको थियो । फागुन २५ गते र २९ गते बसेको कार्यदलको बैठकपछि यो टुङ्गोमा पुगेको बताइएको छ । सभापतिले २८ विभाग पनि गठन गर्नुभएको छ ।

काँग्रेसको विधानअनुसार सभापतिले निर्वाचित भएको छ महिनाभित्र पदाधिकारी र विभाग गठन गर्नुपर्ने प्रावधान छ । सभापति थापाले अर्को पक्षको सहयोग नभएकाले गठनमा ढिलाइ भएको बताउनुभएको थियो । जिल्ला कार्यसमितिको गत साता बसेको बैठकले सभापति थापासहित पूर्वसभापति मणिभद्र शर्मा, प्रकश पौडेल, उपाध्याय, सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतमसहितको कार्यदल गठन गरेको थियो । कार्यदलको दुई पटकको बैठकपछि यो नाम टुङ्गो लागेको हो ।