२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौ : मुख्यमन्त्री भट्ट



अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारले उच्च प्रथमिकता दिएको बताउनुभएको छ ।

प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिर क्षेत्र विकास समितिद्वारा निर्माण गर्न लागेको आवासगृहको आज शिलान्यास गर्दै उहाँले ती क्षेत्रको थप विकास तथा विस्तार गर्न नीतिगत योजनाका साथ उच्च प्रथामिकता दिँदै आवश्यक रकम विनियोजन समेत भएको जानकारी दिनुभयो । प्रदेश सरकारको रु ३० लाखको लागतमा मन्दिरमा आउने सन्त र महन्तका लागि सो आवासगृहे निर्माण गरिन लागिएको हो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, “ यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको थप प्रचारप्रसार गर्न जरुरी रहेको छ । यसबाट हजारौँ पर्यटक भित्र्याउन सकिन्छ । समग्र सुदूरपश्चिमकै विकास हुने भएकाले हामीले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएका छौँ ।”

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, “सुदूरपश्चिमभरिकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वार भनेकै शैलेश्वरी हो । खप्तडमा पर्यटक भित्र्याउन शैलेश्वरी क्षेत्रको विकास गर्नु जरुरी छ ।”

मुख्यमन्त्री भट्टलाई समितिले अभिनन्दनसमेत गरेको थियो । शैलेश्वरी क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि महत्वपूर्ण योग्दान गरेको भन्दै मुख्यमन्त्री भट्टलाई अभिनन्दन गरिएको समितिका अध्यक्ष प्रेमशङ्कर भट्टले बताउनुभयो । प्रदेश सरकारकै सहयोगमा शैलेश्वरी मन्दिरमा उद्यानसहितको बहुउद्देश्यीय भवन निर्माणको काम पनि यसै वर्षदेखि शुरू हुने मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कामका लागि प्रदेश सरकारले कूल रु ८० लाख रकम विनियोजन गरेको छ ।