२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु, चार घाइते



अ+ अ-

कैलाली । कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका–६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ४५२८ नंको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नंको अटो एकापसमा आज ठोक्किँदा गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुख र छातीमा चोट लगेर गम्भीर घाइते भएका कोलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा अटोचालक मानबहादुर विक, अटोमा सवार सोही ठाउँकी ५० वर्षीया नखरी कोली, २५ वर्षीय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली घाइते भएका छन् । चालक डडेल्धुरा परशुराम नगरपालिका–६ का २४ वर्षीय दीपक भट्टराईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।