काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष दाहाल बालुवाटार पुगेका हुन् ।
मिर्गौला प्रत्यारोपणका क्रममा १२ दिन त्रिवि शिक्षण अस्पतालमा बसेका प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष दाहाल शनिबार बिहान बालुवाटार पुगेका थिए । भेटका क्रममा दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिको जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ ।
भेटका क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच समसामयिक राजनीतिक गतिविधिबारे सामान्य छलफल भएको दाहालको सचिवालयले जानकारी दिएको छ । दाहालले राजनीतिक गतिविधिबारे ओलीलाई जानकारी गराएको उनको सचिवालयले जनाएको हो ।