१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष दाहाल बालुवाटार पुगेका हुन् ।

मिर्गौला प्रत्यारोपणका क्रममा १२ दिन त्रिवि शिक्षण अस्पतालमा बसेका प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष दाहाल शनिबार बिहान बालुवाटार पुगेका थिए । भेटका क्रममा दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिको जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ ।

भेटका क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच समसामयिक राजनीतिक गतिविधिबारे सामान्य छलफल भएको दाहालको सचिवालयले जानकारी दिएको छ । दाहालले राजनीतिक गतिविधिबारे ओलीलाई जानकारी गराएको उनको सचिवालयले जनाएको हो ।