६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि कार्यालय धाउन नपर्ने

राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि कार्यालय धाउन नपर्ने
अ+ अ-

काठमाडौं । राष्ट्रिय परिचयपत्र (नेशनल आइडी)प्राप्त गरेका नागरिकले अब मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय धाउनुपर्ने छैन।

निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रमा समावेश विवरणलाई नै मतदाता नामावलीसँग जोड्ने व्यवस्था लागू गरेको हो।

आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अनलाइनमार्फत फारम भरेपछि राष्ट्रिय परिचयपत्रमा रहेको बायोमेट्रिक विवरण स्वतः मतदाता नामावलीमा प्रयोग गरिनेछ ।

“नेशनल आइडीको भण्डारमा रहेका बायोमेट्रिक विवरण अनलाइनमा भर्नुभएको निवेदनसँग जोड्ने र छानबिनपछि नामावली प्रकाशन गर्ने निर्णय गरेका छौं,” उनले भने, “यसले नागरिकका सबै माग सम्बोधन गर्नेछ ।”

उनका अनुसार आयोगले मतदाता नामावली संकलनलाई सहज बनाउन बुधबार राति नै आवश्यक प्राविधिक तयारी सम्पन्न गरेको हो। अब अनलाइनमार्फत फारम भर्ने नागरिकका बायोमेट्रिक विवरण राष्ट्रिय परिचयपत्र डेटाबेसबाटै लिइनेछ।

निर्वाचन आयोगले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको छ। समयसीमा नजिकिँदै जाँदा ठूलो संख्यामा नाम दर्ता गर्न बाँकी नागरिकलाई सहजता प्रदान गर्न आयोगले यो व्यवस्था ल्याएको हो।

आयोगको निर्णयसँगै कार्यालयहरूले नयाँ प्रणाली कार्यान्वयनमा ल्याइसकेका छन् । आयोगले यस प्रणालीले मतदाता नामावली संकलनमा पारदर्शिता र सहजता बढाउने विश्वास व्यक्त गरेको छ।