१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा नै उचित हुन्छ : अध्यक्ष जबरा

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा नै उचित हुन्छ : अध्यक्ष जबरा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे–जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको टिप्पणी गरे । उनले भने,‘उहाँ स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य उहाँले निर्वाह गर्नुभएको थिएन् । त्यसैले उहाँले राजीनामा दिँदा नै उचित हुन्छ । उहाँलाई जे–जे गर्दा आराम हुन्छ, त्यो गर्न दिउँ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीमात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए । उनले वर्तमान सरकारले जनतालाई कुनैपनि किसिमको सेवा प्रदान गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘नेपाली जनताले भारी बहुमत दिएर यो सरकारलाई पठाएको हो, तर, सरकारले कुनैपनि किसिमको सेवा दिन सकेन् । सरकार सेवा दिने कुरामा असफल भयो ।’

अध्यक्ष जबराले नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार विकेन्द्रीकरण गरेको पनि आरोप लगाए । उनले भने,‘अहिले व्यापक भ्रष्टाचार बढेको छ । सरकाले काण्डै काण्ड घटाएको छ । ललितानिवास काण्ड, बुढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, संवैधानिक निकायमा राजनीतिकरण भएको छ । न्यायालयमा त झनै बढि राजनीतिकरण भयो ।’ वर्तमान सरकार सबै फाँटमा असफल भएको उनको टिप्पणी छ ।

उनले विदेश नीतिमा पनि झनै असफल भएको दाबी गरे । उनले भने,‘अमेरिकी सहयोग एमसीसी लिने सवालमा त नेकपाले कार्यदल बनाएर गाईजात्रा देखायो ।’ त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मुलुकमा बेथिति र विसंगति हुँदापनि कुनै किसिमको खबरदारी गर्न नसकेको उनको अर्को आरोप छ ।

उनले मुलुकको यस्तो अवस्थामा आफूहरु राष्ट्रवादी शक्तिहरु एकजुट भई औंला ठड्याएर बोल्नको लागि एकता गरेको पनि विश्वास दिलाए । उनले आफूहरुले सबै पक्षलाई स्विकार्य हुनेगरि साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्ने कुरा गरेको सुनाए ।

उनले भने,‘हामीले सबै पक्षलाई स्विकार्य हुनेगरि साझा संस्थाको रुपमा राजसंस्थासहित प्रजातन्त्रको कुरा गरेका छौं ।’ यद्धपी उनले आफूहरु संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने,‘हामीले संविधान जारी गर्दापनि केही असहमति राखेका थियौं, खासगरी हिन्दूधर्मको बारेमा, हामीले यसको लागि संशोधनपनि हालेका थियौं ।’

उनले राजसंस्था नेपालको पूराना संस्था भएकोले यसले निश्पक्ष भूमिका निर्वाह गर्न सक्नेपनि बताए । उनले भने,‘राजसंस्थाको लागि वादविवाद, बहस जारी राखौं, सबै पक्षको सहमति गरौं भन्ने हाम्रो भनाई हो । सबै पक्षलाई राजसंस्था स्विकार्य गर्नको लागि हामी बहस तथा पैरवी गर्छौं ।’

संविधान जारी गर्दा राप्रपापनि चार दलमध्ये एक शक्ति भएकोले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको उनको भनाई छ । उनले हिन्दूराष्ट्र बनाउनको लागि मुलुकभरि राजनीति परिचालन गरिने पनि सुनाए । उनले भने,‘हिन्दूराष्ट्र बनाउनको लागि दुई तिहाई बहुमत चाहिन्छ, त्यसप्रति पार्टीको राजनीति परिचालन हुन्छ ।’ उनले आफूहरुको एकता नेपाली जनतालाई अहिलेको अवस्थाबाट उद्धार गर्नपनि भएको सुनाउँदै त्यसको लागि पार्टी तयार रहेको सुनाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क सदस्य राष्ट्र एक भएर लड्नुपर्ने भनेर राखेको प्रस्ताव सकारात्मक भएको पनि उनले स्पष्ट पारे । उनले भने,‘हाम्रो सरकार त कोरोना भाइरसबारे लापरवाही गरेर बसेको छ । सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने कुरा गरेको छ । सरकारको यो कदम अत्यन्तै चिन्ताजनक र निन्दनीय छ ।’ उनले मोदीको पहल राम्रो भएको भन्दै यसले नेपाल सरकारलाई ‘रेस्क्यु’ गरोस र राम्रो होस भन्ने कामनासमेत गरे ।

हरेक वर्ष नेपालको बजेटको ३०÷४० प्रतिशत बजेट खर्च नहुने गरेको सुनाउँदै अध्यक्ष जबराले कोरोनाबाट बच्नको लागि चाहिने अत्यावश्क ईक्युपमेन्ट, प्रोटेक्शन क्लोथ, मास्क लगायतका सामाग्री खरिद गर्न सरकारलाई आग्रह गरे ।

फरक प्रसंगमा उनले सुनिल थापाले पार्टी छोडेको भन्ने प्रश्नमा त्यो कुरा सत्यता नभएको स्पष्ट पारे । उनले भने,‘सुनिल थापाले पार्टी छोड्नु भएको छैन् । केही रिजर्भेशन राखेको छ ।’