२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की



अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सुशासन कायम गर्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न प्रतिवद्ध रहेको जनाउनुभएको छ ।

बिहीवार प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न लगाएपछि सिंहदरबारमा आफ्ना भनाइहरु राख्दै उहाँले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु आफ्नो प्रमुख ध्येय रहने बताउनुभएको हो ।

आईजीपी कार्कीले असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीप्रति आफू सचेत र सजग रहेको बताउनु भयो । नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै संगठनमा सुदृढ नेतृत्व र सामुहिकता प्रदर्शन गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । नेपाल प्रहरीको मनोबल उच्च राख्दै, सुशासन र जनअपेक्षाअनुसारको कार्यसम्पादन गर्ने उहाँको भनाई छ । उहाँकाअनुसार एकतर्फ प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनस्र्थापना तथा आसन्न निर्वाचनलाई दृष्टिगत गरी आवश्यक हतियार, सवारीसाधन र स्रोतको सुनिश्चितता गर्नुपर्नेछ भने अर्कातर्फ प्रहरीहरूको मनोबल उकास्न र जगाइराख्न पनि उत्तिकै जरुरी छ ।

हाल देशमा लागुपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाका समस्या चिन्ताजनक रूपमा बढ्दो रहेको उहाँले जानकारी दिनुभयो । यी चुनौतीहरू समाधान गर्न प्रहरी संगठनलाई भौतिक रूपमा सुदृढ र उच्च मनोबलयुक्त बनाउनपर्ने आवश्यकता उहाँले औँल्याउनु भयो । सूचना प्रविधिको तिब्र विकास, अपराधका प्रवृत्तिमा आएको परिवर्तन र जनताको सुशासनप्रतिको अपेक्षाअनुरूप उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमताको विकासमार्फत प्रभावकारी सेवा प्रदान गर्नु प्रहरी संगठनको साझा जिम्मेवारी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देशमा सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतीहरु उठाउँदै गरेका प्रहरी संरचना र मनेबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी असाधारण गरेकोप्रति म जानकार र सजग रहेको छु । असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारी नेपाल सरकार, गृहमन्त्रालय, सुरक्षा निकाय, गैरकारकारी संघसंस्था एवं अन्य समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दे संगठनमा सुदृढ नेतृत्व र सामुहिकता प्रदर्शन गर्दे, प्रहरी कर्मचारीको मनोबल बढाउँदै नेपाल सरकार र आम जनताको चाहनाअनुरुप कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाल प्रहरीलाई भौतिक रुपमा सुदृढ र उच्च मनोबल बनाउनुपनेछ । एकातिर भौतिक संरचनाहरुको पुनस्र्थापना र आसन्न निर्वाचनलाई दृष्टिगत गरी हातहतियार, सवारीसाधन लगायतका आवश्यक प्रवन्धहरुको सुनिश्चितता गर्नुपर्नेछ भने अर्कोतर्फ प्रहरीहरुको मनोवललाई पनि जगाईराख्ने र वृद्धि गर्नुपर्ने उत्तिकै टड्कारो आवश्यकता छ । अपराध र सुरक्षा चुनौतीहरुका विषयमा पारस्पारिक प्रवित्तिहरुमा भएको परिवर्तन, स्ूचना प्रविधिमा भएको दु्रत विकास र सुशासनको जनअपेक्षा अनुरुपको उच्च मनोबलिकताको प्रहरी चरित्र र क्षमता निर्माण गरि प्रभावकारी सेवा प्रदान गर्नु हाम्रो साझा आवश्यकता र दायित्व हो ।’

उहाँले प्रहरीलाई पोषणको कमी रहेकोले सरकारले त्यसको व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न लगाईदिनुभएको छ । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुभएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो । खापुङ अवकाशमा जानुअघि नै कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।