१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

नदीको पानी पवित्र बनाउन भन्दै पूजापाठ

नदीको पानी पवित्र बनाउन भन्दै पूजापाठ
अ अ+ अ-

दार्चुला । कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् । दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (टोसा) अन्तर्गत यहाँ गठन गरिएका महिला समूहले एकसाथ पूजा गरेर सो दिवस मनाएका हुन् । व्याँस गाउँपालिका–५ को तिग्रम, महाकाली नगरपालिका–१ श्रीबगड, वडा नं ८ को दत्तु, उडै तथा चुच्चै, मालिकार्जुन गाउँपालिकाको वडा नं ७ जौलजीवी तथा लेकम गाउँपालिकाको वडा नं ३ राडमा गठन गरिएका महिला समूह सो कार्यमा सहभागी रहेका थिए ।

पछिल्लो समय पवित्र नदी दूषित हुँदै गएको भन्दै नदीलाई स्वच्छ राख्नुपर्ने सन्देश दिन पूजापाठ गरिएको ६० वर्षीया लीला सामन्तले जानकारी दिए । “हामी पुर्खौदेखि यही महाकाली नदीलाई पवित्र तीर्थस्थल मानेर पूजापाठ गर्छौँ”, उनले भने, “तर अहिले आएर दिनहुँ नदीमा फोहर फाल्ने, ढल मिसाउने, दिसा मिसाउने तथा बजार क्षेत्रको फोहर नदीमा विर्सजन गर्दा नदीको पवित्रता ह्रास हुँदै गएको छ ।” सगरमाथा महिला सशक्तीकरण समूहका अध्यक्ष पुष्पा धामी नदी तटिय क्षेत्रका नागरिकले खानेपानीको रुपमा नदीको पानी पिउनुपर्ने बाध्यता रहेको हुँदानदी सफाइमा सबैले लाग्नुपर्ने बताउछन् ।

इतिहासका जानकार मदन गिरीले भने, “कैलाश मानसरोवर भएर बग्ने महाकाली नदीमा स्नान गर्ने हो भने अन्य गङ्गामा स्नान गर्नुको अर्थ छैन । नदीको पवित्रता र महत्व उतिबेलै स्कन्दपुराणमा उल्लेख गरिएको छ ।” जिल्लामा सो परियोजना लागू भएपछि सो नदीको महत्व र सरसफाइका बारेमा पैरवी हुन थालेको हो । सङ्कल्पका कार्यक्रम संयोजक नारायण जोशी कार्यक्रममार्फत नदीको प्रभावकारिता र महत्वबारे महिला समूहलाई जानकारी गराइएपछि अहिले आएर नदीको पानीको पूजा गरिन लागेको बताउछन् ।

“नदीबाट के फाइदा लिन सकिन्छ, नदीको महत्व र उपयोगका बारेमा अहिले समूहमा छलफल गराउने गरेका छौँ”, सामाजिक परिचालक चन्द्रा सामन्तले भने, “नदीलाई प्रदूषित हुन नदिन अहिले ग्रामीण क्षेत्रका महिला सक्रिय भएका छन् ।” नदी प्रभावित क्षेत्रमा विभिन्न किसिमका सशक्तीकरण गर्दै जलवायु परिवर्तनमा महिलाले कसरी जुध्ने र वातावरण सन्तुलन राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न थालिएको परियोजना संयोजक जोशीले जानकारी दिए । कार्यकारी निर्देशक नारायण जोशीले भौगोलिक दृष्टिकोणबाट सङ्कटासन्न बस्तीमा पनि परियोजना प्रभावकारी हुने र यो क्षेत्र नै कार्यक्रमको प्राथमिकतामा परेको जानकारी दिए ।