२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुग्नुभएका उनले दैनिक सयौँ यात्रुहरु प्रवेश गर्ने उक्त स्थानका लागि जनशक्ति व्यवस्थापन र आवश्यक संरचना तत्काल तयार गर्न सामाजिक विकास मन्त्रलाय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाही र जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी) लाई निर्देशन दिएका हुन् ।

“यात्रुलाई कोरोनासम्बन्धी जाँच गर्न चाहिने जनशक्ति तथा उपकरण व्यवस्थापन गर्न र कुनै समस्या देखिए बिरामीलाई केही समय आराम गर्ने विश्रामकक्ष समेत चाँडो निर्माण गर्न निर्देशन दिँदै मुख्यमन्त्री भट्टले भने, “बबई मूल प्रवेशद्वार भएकाले यहाँ आउने यात्रुलाई राम्रोसँग जाँच गरेर मात्र कर्णाली प्रदेश प्रवेश गर्ने वातावरण बनाउनुस् । महिला तथा पुरुष यात्रुलाई छट्टाछुट्टै लाइनमा लागेर जाँच गर्ने व्यवस्था मिलाएर सहजता प्रदान गर्नुस् ।”

उहाँले कोरोना जाँचका लागि प्रहरी बिट सरकारले तत्काल निर्माण गर्ने बताए। सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्यको आवश्यक संरचना र जनशक्तिका लागि चाहिने आवश्यक बजेट व्यवस्थापन तत्काल गर्ने बताए।