१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम पूर्वानुमान महाशाखा: आंशिक बदली हुने



अ+ अ-

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ । साथै, हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको र देशको मध्य र पूर्वी भू–भागमा आंशिक बदली रहेको छ।

महाशाखाले दिउँसो भने देशका पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।