२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको जनसम्बन्ध विस्तार अभियान शुरु…



अ+ अ-

स्याङ्जा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लाका ११ वटै स्थानीय तहमा तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारबाट शुरु गरेको छ । जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरेले अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, एकताका बाँकी कामलाई पूर्णता दिनुका साथै जनवर्गीय सङ्गठनको एकीकरण, जनप्रतिनिधिसँग अन्तक्र्रिया गरिने जानकारी दिए । उनले सरकारले गरेका कामको प्रचारप्रसार , भेला ,कार्यकर्तासँग भेटघाट गरेर पार्टीका धारणा र विचारलाई जनतामाझ लैजाने बताए ।

यसैबीच कालीगण्डकी गाउँपालिका–५ बाँसटारीका आगलागीपीडितलाईराहत वितरण गरिएको छ । कालीगण्डकी गाउँपालिकाले प्रतिघर रु १५ हजार र प्रतिगोठको रु १० हजारका साथै घर निर्माणका लागि आवश्यक जस्तापाता, त्रिपाल र ब्ल्याङ्केट वितरण गरिएको जनाएको छ ।आगलागीबाट घर–गोठ जल्नुका साथै अन्य सामग्रीसमेत क्षति पुगेकाले तत्कालका लागि गाउँपालिकाको तर्फबाट सहयोग गरेको र थप सहयोगका लागि गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारी दिए ।

बिहीबार दिउँसो एक्कासी आगलागी हुँदा दुई घर र चार गोठ जलेर नष्ठ हुनुका साथै दुई भैँसीसमेत मरेका थिए । दिउँसो नेत्रप्रसाद न्यौपानेको घरमा कुडो पकाउने क्रममा आगो गोठमा सल्किन पुगी गोठ जलेपछि सोही आगो अन्य घर र गोठमा पनि सल्किन पुग्दा क्षति भएको थियो । आगलागी हुँदा अन्दाजी रु २३ लाख १३ हजार बराबरको क्षति भएको अनुमान छ ।