२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

सतुङ्गलमा टिपरमा जिप ठोक्कियो, तीन जना घाइते



अ+ अ-

काठमाडौँ । सतुङ्गलमा आइतबार बिहानै टिपरमा जिप ठोक्किँदा तीन जना घाइते भएका छन् । सडक किनारमा रोकी राखेको ना५ख ६७८५ नम्बरको टिपरमा प्रदेश ३–०१–०२२ च ३५५६ नम्बरको जिप बिहान ४ बजे ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दुर्घटनामा घाइते हुनेमा जिप चालक धादिङको गल्छी गाउँपालिका–७ का २५ वर्षीय सरोज खड्का, जीपमा सवार मकवानपुरको पदमपोखरी नगरपालिका–८ का २१ वर्षीय रञ्जन घिमिरे र सोही ठाउँकी १८ वर्षीया रीता घिमिरे छन् ।

घाइतेहरुलाई उपचारको लागि सतुङ्गलस्थित ओम समाज अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।