काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका छन् ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्दा पेटमा राखिएको स्टन्ट निकाल्न शिक्षण अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । फागुन २१ गते सोही अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।
शनिबार केही महत्वपूर्ण भेटघाट गरेका प्रधानमन्त्री ओली आज भने फलोअपका लागि अस्पताल पुगेका हुन् ।