१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

आमा सुरक्षा कार्यक्रम : अस्पतालमा भीड

आमा सुरक्षा कार्यक्रम : अस्पतालमा भीड
अ अ+ अ-

राँझा । सरकारी स्वास्थ्य संस्थामा सुविधासम्पन्न प्रसूति गृह सञ्चालनमा आए पनि कोहलपुर क्षेत्रमा प्रसूति सेवा लिन निजी अस्पताल पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले निःशुल्क सेवा उपलब्ध गराए पनि सरकारीतर्फ आकर्षण बढ्न सकेको छैन । प्रसूति सेवा लिनेको सङ्ख्या निजीको तुलनामा सरकारी स्वास्थ्य संस्थामा अत्यधिक न्यून छ । चालू आर्थिक वर्षको छ महिनामा निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पताल कोहलपुरबाट आठ हजार १८६ ले सेवा लिँदा कोहलपुरमै रहेको सरकारी सुविधासम्पन्न स्वास्थ्यचौकीबाट जम्मा ५३ जनाले सेवा लिएको नर्सिङ अधिकृत शोभा अधिकारीले बताउनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिकाअन्तर्गतकै शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट यो अवधिमा १२४ ले सेवा लिएकका छन् ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार शिक्षण अस्पताल कोहलपुरबाट दुई हजार ४१० ले सामान्य प्रसूति सेवा, १३० जटिल प्रकारका सेवा र ४३ जनाले जटिल प्रसूति व्यवस्थापन गरिएको छ । यस्तै ९२९ ले शल्याक्रिया सेवा, एक हजार १३८ ले नियमित गर्भजाँच, सुत्केरीलाई यातायात खर्च तीन हजार ५३८ जनाले लिएको र एण्टी डी ६५ जनाले लगाएका छन् । कोहलपुर र शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट कुनै पनि गर्भवती सेवाग्राहीले एण्टी डी सेवा र जटिल प्रसूति सेवा, संस्थागत प्रसूति यातायात खर्च र शल्यक्रियालगायतका सेवा लिएका छैनन् । कोहलपुर स्वास्थ्यचौकीबाट जम्मा २१ ले सामान्य र ११ जनाले नियमित गर्भजाँच गराएको पाइएको छ । शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट ४७ ले सामान्य सेवा र ३० जनाले नियमित गर्भजाँच गराएका छन् ।

तीन वटै स्वास्थ्य संस्थाबाट चालू आवको साउनदेखि कात्तिकसम्म जम्मा एक हजार ६९७ ले सामान्य प्रसूति सेवा, ६६ ले जटिल प्रसूति सेवा, ३३७ ले शल्यक्रिया, ७२५ जनाले नियमित गर्भजाँच सेवा लिएका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत चालू आवको छ महिनामा करिब रु दुई करोड खर्च भएको छ । गत साउनदेखि पुस मसान्तसम्म कूल रु एक करोड ८८ लाख ९८ हजार १०० रकम खर्च हुँदा आठ हजार बढीले सेवा लिएको नर्सिङ अधिकृत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आमा सुरक्षा कार्यक्रममार्फत कोहलपुर स्वास्थ्यचौकीबाट प्रोत्साहन भत्ताको रुपमा रु ५० हजार ८०० र शम्शेरगञ्ज स्वास्थ्यचौकीमा रु एक लाख १८ हजार खर्च हुँदा निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पताल कोहलपुरबाट रु एक करोड ८७ लाख २९ हजार ३०० प्रोत्साहन भत्ता खर्च भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले निजी अस्पतालमा गुणस्तरीय सेवा मिल्छ भन्ने बुझाइले शिक्षण अस्पतालमा आकर्षण देखिएको हुनसक्ने बताउनुभयो । उहाँले गाउँमै रहेका स्वास्थ्यचौकीबाट पनि निःशुल्क प्रसूति सेवा उपलब्ध हुने कुराको प्रचारप्रसार गर्दै गुणस्तरीय सेवा दिनतर्फ नगरपालिका अग्रसर रहेको जानकारी दिनुभयो ।