२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा सुरक्षा कार्यक्रम : अस्पतालमा भीड



अ+ अ-

राँझा । सरकारी स्वास्थ्य संस्थामा सुविधासम्पन्न प्रसूति गृह सञ्चालनमा आए पनि कोहलपुर क्षेत्रमा प्रसूति सेवा लिन निजी अस्पताल पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले निःशुल्क सेवा उपलब्ध गराए पनि सरकारीतर्फ आकर्षण बढ्न सकेको छैन । प्रसूति सेवा लिनेको सङ्ख्या निजीको तुलनामा सरकारी स्वास्थ्य संस्थामा अत्यधिक न्यून छ । चालू आर्थिक वर्षको छ महिनामा निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पताल कोहलपुरबाट आठ हजार १८६ ले सेवा लिँदा कोहलपुरमै रहेको सरकारी सुविधासम्पन्न स्वास्थ्यचौकीबाट जम्मा ५३ जनाले सेवा लिएको नर्सिङ अधिकृत शोभा अधिकारीले बताउनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिकाअन्तर्गतकै शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट यो अवधिमा १२४ ले सेवा लिएकका छन् ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार शिक्षण अस्पताल कोहलपुरबाट दुई हजार ४१० ले सामान्य प्रसूति सेवा, १३० जटिल प्रकारका सेवा र ४३ जनाले जटिल प्रसूति व्यवस्थापन गरिएको छ । यस्तै ९२९ ले शल्याक्रिया सेवा, एक हजार १३८ ले नियमित गर्भजाँच, सुत्केरीलाई यातायात खर्च तीन हजार ५३८ जनाले लिएको र एण्टी डी ६५ जनाले लगाएका छन् । कोहलपुर र शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट कुनै पनि गर्भवती सेवाग्राहीले एण्टी डी सेवा र जटिल प्रसूति सेवा, संस्थागत प्रसूति यातायात खर्च र शल्यक्रियालगायतका सेवा लिएका छैनन् । कोहलपुर स्वास्थ्यचौकीबाट जम्मा २१ ले सामान्य र ११ जनाले नियमित गर्भजाँच गराएको पाइएको छ । शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट ४७ ले सामान्य सेवा र ३० जनाले नियमित गर्भजाँच गराएका छन् ।

तीन वटै स्वास्थ्य संस्थाबाट चालू आवको साउनदेखि कात्तिकसम्म जम्मा एक हजार ६९७ ले सामान्य प्रसूति सेवा, ६६ ले जटिल प्रसूति सेवा, ३३७ ले शल्यक्रिया, ७२५ जनाले नियमित गर्भजाँच सेवा लिएका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत चालू आवको छ महिनामा करिब रु दुई करोड खर्च भएको छ । गत साउनदेखि पुस मसान्तसम्म कूल रु एक करोड ८८ लाख ९८ हजार १०० रकम खर्च हुँदा आठ हजार बढीले सेवा लिएको नर्सिङ अधिकृत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आमा सुरक्षा कार्यक्रममार्फत कोहलपुर स्वास्थ्यचौकीबाट प्रोत्साहन भत्ताको रुपमा रु ५० हजार ८०० र शम्शेरगञ्ज स्वास्थ्यचौकीमा रु एक लाख १८ हजार खर्च हुँदा निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पताल कोहलपुरबाट रु एक करोड ८७ लाख २९ हजार ३०० प्रोत्साहन भत्ता खर्च भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले निजी अस्पतालमा गुणस्तरीय सेवा मिल्छ भन्ने बुझाइले शिक्षण अस्पतालमा आकर्षण देखिएको हुनसक्ने बताउनुभयो । उहाँले गाउँमै रहेका स्वास्थ्यचौकीबाट पनि निःशुल्क प्रसूति सेवा उपलब्ध हुने कुराको प्रचारप्रसार गर्दै गुणस्तरीय सेवा दिनतर्फ नगरपालिका अग्रसर रहेको जानकारी दिनुभयो ।