१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

हिमपातसँगै जनजीवन प्रभावित

हिमपातसँगै जनजीवन प्रभावित
अ अ+ अ-

मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन् ।

मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङलगायतका क्षेत्रमा भने तीन फिटसम्म हिउँ जमेको छ ।

हिउँसँगै जोमसोम बजारमा बिजुलीको खम्बा ढलेका कारण यहाँ हिजोदेखि नै विद्युत् आपूर्ति बन्द भएको छ । जोमसोम विमानस्थलमा डेढ फिट हिउँ जमेका कारण आज पोखराबाट कुनै पनि उडान हुन नसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । आज दिनभर हिउँ नपग्लिए भोलि भने सुरक्षाकर्मीको सहयोगमा हिउँ पन्छ्याएर विमानस्थल नियमित गराउने तयारी गरिएको उहाँले बताउनुभयो ।

हिमपातसँगै जोमसोम भित्रने नाका घाँसा र म्याग्दीको गुइँठे तातोपानीमा हिजोदेखि नै बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् । मुस्ताङमा यस वर्ष पटक–पटक हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका रेञ्जर धनु गुरुङले जानकारी दिनुभयो ।

यसवर्ष मुस्ताङमा पाँचौं पटक हिउँ परेको जानकारी गराउँदै उहाँले छ वर्षको अन्तरालमा धेरै हिउँ परेको अनुभव सुनाउनुभयो । हिमपातका कारण अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत मुस्ताङ निस्कने थोराङपास पनि बन्द भएको छ । हिमपातका कारण खेतीलाई राम्रै गरे पनि टुसाउँदै गरेका बोट वृक्षलाई भने क्षति पुर्याएको ठिनी गाउँका मुखिया तिकप्रसाद थकाली बताउनुहुन्छ ।