१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक भएको छ । घरपरिवार सँगको र मायाप्रेमको संवेदनशील कथा समेटिएको यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ ।

सो गीतमा सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ । हेमन्त कञ्च्छा रसाइलीको सारङ्गी, रत्न विकको बाँसुरी, भुवन गन्धर्वको तबला, पोशन मगरको मादल र सरोज विष्टको गितारले गीतलाई जीवन्त बनाएको छ ।

“घरको दैलो, त्यो एउटा सामान्य ढोका मात्रै होइन । यो ढोकाभित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ । यही भावनालाई गीतले बोकेको छ”, गीतकार राउतले भन्नुभयो ।

गीतमा विदेशको कष्ट, प्रतीक्षाको पीडा, जीवनको सङ्घर्ष समेटिएको उहाँको भनाइ छ ।