१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीलाई चार हजार घुस दिन खोज्ने मोटरसाईकल चालक प्रेमनाथ पक्राउ परेका छन्। शनिबार राति दरबारमार्गमा ट्राफिक प्रहरीलाई लाइसेन्स बिना बा २८ प ४०४२ नम्बरको मोटरसाईल चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर सेडाइ भाग्न खोजेका थिए।

तर ट्राफिक प्रहरीले सोही बेला उनलाई नियन्त्रणमा लिएर चेक गर्दा उनीसँग लाइसेन्स नभएको दरबारमार्गका सइ मोतिलाल शर्माले बताए।

शर्माका अनुसार पछि उनले ट्राफिक प्रहरीलाई चार हजार घुस रकम दिन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो।