२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीलाई चार हजार घुस दिन खोज्ने मोटरसाईकल चालक प्रेमनाथ पक्राउ परेका छन्। शनिबार राति दरबारमार्गमा ट्राफिक प्रहरीलाई लाइसेन्स बिना बा २८ प ४०४२ नम्बरको मोटरसाईल चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर सेडाइ भाग्न खोजेका थिए।

तर ट्राफिक प्रहरीले सोही बेला उनलाई नियन्त्रणमा लिएर चेक गर्दा उनीसँग लाइसेन्स नभएको दरबारमार्गका सइ मोतिलाल शर्माले बताए।

शर्माका अनुसार पछि उनले ट्राफिक प्रहरीलाई चार हजार घुस रकम दिन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो।