१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

चीनबाट युरोप बन्यो कोरोनाको ‘इपिसेन्टर’

चीनबाट युरोप बन्यो कोरोनाको ‘इपिसेन्टर’
अ अ+ अ-

काठमाडौं । विश्वका १ सय २३ देशमा फैलिसकेको कोरोना भाइरसको इपिसेन्टर चीनबाट युरोप सरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस महामारीको इपिसेन्टर अब युरोप बनेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेएससले कोरोना भाइरसको आक्रमणबाट जीवन रक्षाका निम्ति आक्रामक कदम चाल्नुका साथै सामुदायिक परिचालन र सामाजिक जमघट कम गर्न मुलुकहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कोरोना भाइरसको आगो दन्किरहन नदिऊँ ।’

धेरै युरोपेली मुलुकमा कोरोना भाइरस संक्रमण तथा मृत्युको बढ्दो संख्या सार्वजनिक भइरहेका बेला विश्व स्वास्थ्य संगठनका महानिर्देशकको यो भनाइ बाहिर आएको हो ।

सबैभन्दा धेरै प्रभावित भएको युरोपेली मुलुक इटालीमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च रह्यो । शुक्रबार इटालीमा नोबल कोरोनाका कारण २ सय ५० जनाले ज्यान गुमाए । त्यो सँगै कोरोना संक्रमणका कारण इटालीमा मृत्यु हुनेको संख्या १२ सय ६६ जना पुगेको छ । इटालीमा कूल १७ हजार ६६० जना कोरोनाबाट संक्रमित छन् ।

इटालीपछि कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको स्पेनमा शुक्रबार सम्म १ सय २० जनाको मृत्यु भयो । स्पेनमा कोरोनाबाट प्रभावितको संख्या ४ हजार २३१ पुगेको छ ।

युरोप किन इपिसेन्टर बन्यो ?

विश्वका १ सय २३ वटा देशमा गरी हालसम्म १ लाख ३२ हजार ५ सय जना भन्दा बढी मानिस कोभिड १९ अर्थात् नोबल कोरोना भाइरसको संक्रमणमा परेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

डब्लुएचओका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजारको नजिक पुगेको छ ।

चीनले आफ्नो देशले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँमा सफलता प्राप्त गरेको घोषणा गरेकै समयमा विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । चीनमा भाइरस सिथिल बनेसँगै अहिले यसले अन्य मुलुक र खासगरी युरोपलाई गाँज्न थालेको छ ।

डब्लुएचओका महानिर्देशकका अनुसार युरोप अहिले यो महामारीको केन्द्र अर्थात् इपिसेन्टर बनेको छ । चीनबाहेक विश्वका अन्य सबै देशहरुको कूल संक्रमण तथा मृत्युको संख्या भन्दा युरोपमा देखिएको संक्रमण तथा मृत्युको संख्या धेरै रहेको छ ।

उनका अनुसार चीनमा महामारीको सबैभन्दा उच्च समयमा भन्दा पनि युरोपमा अहिले भएको संक्रमण र मृत्युको संख्या बढी देखिन थालेको छ ।

स्पेन र इटालीमा मात्र होइन फ्रान्समा पनि संक्रमणको दर उच्च भएको छ । अहिलेसम्म २८ सय ७६ जना संक्रमित भएकोमा ७९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै जर्मनीमा ३ हजार जना संक्रमित भएकोमा ५ जनाको मृत्यु भएको छ ।

बेलायतमा ७ सय ९८ जना संक्रमित भएकोमा ११ जनाको मृत्यु भइसकेको छ । त्यस्तै स्विजरल्याण्डमा ११, नेदरल्याण्डमा १० तथा सान मारिनोमा ५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

बेल्जियममा ३ जनाले ज्यान गुमाउँदा नर्वे, स्वीडेन, अष्ट्रिया, ग्रिस, आयरल्याण्ड, अल्बानिया, बुल्गेरिया, अजरबैजान र युक्रेनमा १र१ जनाको मृत्यु भएको छ । त्यस्तै पोल्याण्डमा २ जनाले ज्यान गुमाएका छन् ।

के गर्दैछ युरोप ?

युरोपेली युनियनको खुल्ला अर्थतन्त्रका कारण आवागमनमा खुल्लापन रहेको युरोपमा भाइरस संक्रमण बढेसँगै मुलुकहरुले सीमामा कडाइ सुरु गरेका छन् ।

कोरोनाको संक्रमणसँगै इटालीले पूरै देशलाई ‘लकडाउन’ गरेको छ । कम्तीमा १० वटा युरोपेली मुलुकहरुले आफ्नो सिमाना बन्द गरिसकेका छन् । त्यसमध्येः

  • डेनमार्कले शनिबारदेखि सबै विदेशीलाई आफ्नो सीमाभित्र प्रवेश बन्द गरेको छ ।
  • चेक गणतन्त्रले आवासीय अनुमति पत्रबाहक बाहेक अन्य सबै विदेशीलाई प्रवेश बन्द गरेको छ भने आफ्नो देशका नागरिकलाई पनि बाहिर जानबाट रोकेको छ ।
  • स्लोभाकियाले पनि आवासीय अनुमतिपत्र भएका बाहेकका सबै विदेशीलाई सिमाना बन्द गरेको छ ।
  • अष्ट्रियाले इटालीसँगका तीनवटा सिमानाका बन्द गरेको छ । विभिन्न युरोपेली मुलुकहरुसँगको हवाई सेवा पनि बन्द गरेको छ ।
  • युक्रेनले कुटनीतिज्ञबाहेक अन्य सबै विदेशीका लागि २ हप्तासम्म देशभित्र छिर्न बन्देज लगाएको छ ।
  • हंगेरीले अष्ट्रिया र स्लोभेनियासँगको सिमाना बन्द गरेको छ ।
  • पोल्याण्डले आइतबारदेखि सबै विदेशीका लागि आफ्नो सिमाना बन्द गर्दैछ ।
  • अष्ट्रिया, बेल्जियम, फ्रान्स, स्वीटजरल्याण्ड तथा जर्मनीलगायतका देशले विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् ।

जमघट हुने सबै खाले कार्यक्रममा रोक लगाइनुको साथै थियटर, रेष्टुरेन्ट तथा बारसमेत बन्द गर्न थालिएका छन् ।

च्याम्पियन्स लिग, युरोपमा लिग, ला लिगा, सिरीए, बुन्डेसलिगा, लिग वान लगायत युरोपमा चर्चित फुटबल प्रतियोगिताहरु स्थगित गरिएका छन् ।

पेरिसस्थित विश्वकै सबैभन्दा ठूलो कला संग्रहालय लुभ्रे तथा इफेल टावर पनि शुक्रबारदेखि नै बन्द भएको छ ।

चीनभन्दा युरोप किन खतरनाक ?

युरोपमा अहिले कोरोना संक्रमणको दैनिक संख्यामा भइरहेको बढोत्तरी महामारीको उच्चतम विन्दुमा चीनमा देखिएको संख्या भन्दा उच्च भइसकेको छ । कोरोनाको जोखिमका हिसाबले चीन भन्दा युरोप निकै खराब अवस्थामा रहेको विज्ञहरुको ठम्याइ छ ।

चीनमा कोरोना भाइरसको अधिकांश संक्रमण एउटै ठाउँमा अर्थात् हुबेइ प्रान्तको वुहान सहरमै केन्द्रित थियो । चीन सरकारले मानव इतिहासकै सबैभन्दा ठूलो क्वारेन्टाइन खडा गरी कोरोनाविरुद्धको लडाइँमा सफलता प्राप्त गर्‍यो ।

तर युरोपमा संक्रमण विभिन्न देशहरुमा छरिएको छ । अनि भाइरस संक्रमणसँग लड्न विभिन्न देशहरुले फरक–फरक रणनीति अख्तियार गरिरहेका छन् । जसमध्ये केही निकै फितलो पनि छन् ।

युरोपमा अहिले जति संक्रमित भेटिएका छन् त्यो परीक्षणबाट पत्ता लागेको हो । कतिपय युरोपेली देशहरुमा परीक्षणकै अभावमा कैयौं मानिस संक्रमित भएर पनि पत्ता नलागिसकेको हुनसक्छ । जसले ठूलो खतरा उत्पन्न गराउने वैज्ञानिकहरु बताउँछन् ।
विविसीको सहयोगमा