![](https://newspolar.com/wp-content/uploads/2022/03/maobadi_banda_satra__Zy8EXf8lxi.jpg)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत निर्वाचन तालिका पुनः संशोधन भएको छ ।
माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको हो ।
माओवादी केन्द्रले शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।
तर, अहिले फेरि अर्को तालिका सार्वजनिक गर्दै दिउँसो ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको हो ।
नयाँ कार्यतालिका अनुसार मतदान सोमबार बिहान ८ बजेदेखि हुने भएको छ ।