२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एयरलाइन्सकाे साउदी उडान स्थगित



अ+ अ-

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगित गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँ–दमामा–काठमाडौँ उडान स्थगित गरेको जनाएको हो । कोभिड–१९ को प्रकोप फैलिन नदिन साउदी सरकारले मार्च १५ देखि दुई साताका लागि अस्थायी प्रतिबन्ध लगाएकाले उडान रोक्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।

उडानका लागि टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्कबिना, यात्राको मिति परिवर्तन गर्ने आफ्नो ट्राभल अथवा बुकिङ एजेन्टसँग सम्पर्क राख्न पनि अनुरोध गरेको छ । कम्पनीले यसअघि चीनका पाँचवटै गन्तव्यको उडान स्थगित गरिसकेको छ भने गत फागुन २७ देखि लागू हुनेगरी कतारको दोहा गन्तव्यको उडान स्थगित गर्ने निर्णय गरेको थियो । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई दोहा उडान रोकिएको कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि फागुन २७ देखि लागू हुनेगरी कतारको दोहामा गर्दै आएको नियमित उडान अर्को निर्णय नभएसम्म हाललाई स्थगित गरेको विज्ञप्तिमार्फत जनाएको थियो ।