१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

कालोबजारी गरेको देखेमा खबर गर्नुहोस्, सरकारले कारवाही गर्छ : मन्त्री भट्ट

कालोबजारी गरेको देखेमा खबर गर्नुहोस्, सरकारले कारवाही गर्छ : मन्त्री भट्ट
अ अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोक्ता आफै अनुगमनकर्ता बनेर सरकारलाई सूचना दिनुपर्ने बताउनुभयो ।

विपदको समयमा बजारमा हुने कलोबजारी र कृत्रिम अभावको विषयमा उपभोक्त आफै अनुगमनकर्ता बनेर सूचना दिने परिपाटीको विकास गर्नुपर्ने उहाँले बताउनुभएको हो । विश्व उपभोक्ता दिवसका अवशरमा आयोजित कार्यक्रममा मन्त्री भट्टले उपभोक्ताले दिएको सूचनाको आधारमा विभागले ऐन नियम अनुसार कारवाही नगरे आफुलाई भन्न पनि आग्रह गर्नुभयो । आफ्नो अधिकारको संरक्षण गर्न जिम्मेवारीबोध गर्दै अधिकारको प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘अहिलेको आवश्यकता सबै उपभोक्ता अनुगमनकर्ता बन्ने र सूचना दिने हो । विभागले ऐन अनुसार कारवाही गर्दैन भने अति तपाईहरुले भन्न पाउने हो’, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बजार अनुगमन, बजार निरीक्षण र उपभोक्ता हक हित संरक्षण गर्ने कुरा सरकारले मात्रै गर्न नसक्ने बताउनुभयो । उपभोक्ता आफै अनुमगनकर्ता बनेर सँगसँगै हुनुपर्ने उहाँले बताउनुभयो । सरकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरुपनि उपभोक्ता नै भएको उल्लेख गर्दै उहाँले अहिलेका कमीकमजोरीहरु सच्याउँदै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्त हितका लागि निर्माण भएका सरकारी संरचना खारेज गर्नुपर्ने बताउनुभयो । उपभोक्ताको हितमा काम गर्न नसकेको स्थानीय तहहरुमा गठन भएका समितिहरुले अनुगमनलाई चासो नै नदिएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो । स्थानीय तहका संरचनाहरुलाई दिइएको अधिकारप्रति जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्दै उहाँले जिम्मेवारीबोध गराउन नसके अधिकार खोस्नुपर्ने बताउनुभयो ।

आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागले विश्व उपभोक्त दिवस मनाएको छ । उपभोक्त अधिकार, उत्पादनमा गुणस्तरियता, आपूर्तिमा सहजता र उपभोगमा विवेकशीलता भन्ने नाराका साथ दिवस मनाइएको हो ।