२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरीले नगर-प्रहरी राख्ने



अ+ अ-

काठमाडौं । काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगर–प्रहरी राख्ने भएको छ । नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगर प्रहरी राख्न ऐन, कानून निर्माण भइसकेकाले अब आउने बैठकले निर्णय गरेर प्रहरी भर्ना गर्न लागेको जानकारी दिनुभयो । शुरुमा २५ जना भर्ना गर्न लागिएको छ । “चन्द्रागिरीले नगर प्रहरीका लागि आवश्यक पर्ने भ्यानसमेत खरिद गर्न लागेको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले दमकल र एम्बुलेन्स पनि खरिद गर्न लागेको छ । आवश्यक पर्ने दमकल, एम्बुलेन्स र नगर प्रहरी भ्यान खरिदका लागि चालू आर्थिक वर्षमा रु एक करोड ७० लाख रकम विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरीमा हुनसक्ने आगलागीका घटना तत्काल नियन्त्रणका लागि आवश्यक पर्ने दमकल खरिद गर्न लागेको जानकारी दिनुभयो ।

नगरपालिकाले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिका–८ नं वडामा १५ श्याको नगरस्तरीय अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । सोही अस्पतालमा बिरामी ओसारपसारका लागि एम्बुलेन्स खरिद गर्न लागिएको नगरप्रमुख गिरीले बताउनुभयो । यस्तै, नगरपालिकाले चालू आर्थिक वर्षमा नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । मुख्य सडकमा हुने दुर्घटनामा कमी ल्याउन आकाशे पुल निर्माण गर्न लागेको हो । काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेशद्वारसमेत निर्माण गर्न नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको छ । जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुङ्गा–कलङ्की सडकखण्डमा सिसिटिभीसमेत जडान गरिनेछ ।

सिसिटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज हुने भएकाले त्यसको लािग रु एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । चन्द्रागिरी वाग्मती प्रदेशको सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा छन् ।