२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा विषाक्त रक्सी सेवनका कारण थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो



अ+ अ-

धनुषा । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । आज बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलका जीतेन्द्र सदाको मदिरा सेवनले मृत्यु भएको वडाध्यक्ष जानकीराम साहले बताउनुभयो ।

त्यस्तै आजै बिहान ३ बजे लक्ष्मीनियाँ गाउँपालिकामा मदिरा सेवनले एक जनाको मृत्यु भएको छ । गाउँपालिका–५ का ३४ वर्षीय विश्वनाथ यादवको मृत्यु भएको हो । होलीका अवसरमा रक्सी खाएका बनारसी देवीको शुक्रबार साँझ र मिथिला सदा र झगरु सदाको शनिबार बिहान मृत्यु भएको थियो ।

क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृत्यु भइसकेको थियो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुघन मण्डल, इन्द्रजीत महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र निरस यादव छन् । धनुषाकै रूपैठा घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुघन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् ।