१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

जव मन्त्री त्रिपाठीले राजनीतिक तहमा सहमति जुटाउन समय मागेपछि…

जव मन्त्री त्रिपाठीले राजनीतिक तहमा सहमति जुटाउन समय मागेपछि…
अ अ+ अ-

काठमाडौं । संघीय निजामति सेवा ऐनको विधेयक अन्तिम चरणमा पुगेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्देयश त्रिपाठीले राजनीतिक तहमा सहमति जुटाउन समय मागेपछि सांसदहरु आक्रोशित बनेका छन् ।

संसद राज्य व्यवस्था समितिमा लामो समयदेखि छलफलमा रहेको विधेयक आज अन्तिम टुंगो लगाउने तयारी रहेपनि मन्त्री त्रिपाठीले समय मागेपछि सांसदहरु आक्रोशित बनेका हुन् । राजनीतिक सहमति जुट्न बाँकी रहेको र गृहकार्यका लागि केही समय आवश्यक रहेको मन्त्री त्रिपाठीले बताउनुभएको थियो । मन्त्री त्रिपाठीले संशोधनको आवश्यकता सहित समय चाहिन्छ भनेपछि सांसद जनार्दन शर्माले २ दिन समय लिएर तेस्रो दिन टुंगो लगाउने कुरा मान्न सकिने भएपनि टार्ने कुरा मान्य नहुने बताउनुभयो । विभिन्न बाहनामा सरकारले सार्न र टार्न खोजेको भए विधेयक नै फिर्ता लैजान उहाँले चेतावनी दिनुभयो । अहिलेसम्म भएका सहमतिहरुबाट समितिका कुनै सदस्यहरु पछि नहट्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘२ दिन समय लिएर तेस्रो दिन टुंगो लगाउने विषय अन्यथा नभएपनि सार्ने र टार्ने कुरा मान्य हुँदैन् । कि त सरकारले विधेयक फिर्ता लिनुपर्छ ।’

सांसद पम्फा भुसालले पनि समितिबाट विधेयक छिटोभन्दा छिटो पास गर्नुपर्ने बताउनुभयो । समितिबाट पास भएन भन्ने दोष आफुहरुले नलिने भन्दै उहाँले छिटो पास नगर्ने भए विधेयक फिर्ता लैजानुस भन्नुभयो । ‘यसलाई छिटोभन्दा छिटो पास गरौँ । कि सरकारले फिर्ता लैजावस । राज्य व्यवस्था समितिले पास गरेन भन्ने दोष हालिने लिन्नौँ’, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले विधेयकलाई तत्काल अगाडी बढाउन आग्रह गर्नुभयो । सबै विषयमा प्रतिपक्षी र सत्तापक्ष दल भनेर नहुने उल्लेख गर्दै उहाँले भोली प्रतिपक्षी पनि सत्तामा जाने भएकाले आफुहरुलाई पनि कानून आवश्यक पर्ने उहाँले बताउनुभयो । सांसद बडुले के कारणले समय चाहियो ? कति समय चाहिन्छ भनने कुरा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

प्रदेशके मुख्य सचिव र स्थानीय प्रमुख प्रशासकीय अधिकृत केन्द्रले खटाउने कि प्रदेशले खटाउने भन्ने विषयमा विवाद थियो । बैठकमा मन्त्री त्रिपाठीले विधेयकले पूर्णता नपाएको समायोजनमा गएका कर्मचारीहरुले समेत असुरक्षीत महसुस गरेको र स्थानीय तहका लागि लिइएको परीक्षामा पास भएका शाखा अधिकृतहरुले समेत नियुक्ति लिन नमानेकोले केही विषयमा गृहकार्ग गर्न अझै समय चाहिने बताउनुभएको थियो । कर्मचारीको मनोबल गिराएर सरकारले राम्रो काम गर्न नसक्ने उहाँले बताउनुभयो ।

समिति सभापति शशी श्रेष्ठले धेरै समय दिन सकिने अवस्था नरहेका उल्लेख गर्दै ७ गतेको संसदमा विधेयक लैजानेगरी टुंगो लगाउनुपर्ने बताउनुभयो । समितिले मन्त्रीमाथि दोष थुपारेर जिम्मेवार हुनुहुन्न भन्ने खोजेको नभई यसले पारेको असर के छ भन्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो ।

समितिको बैठक चैत ५ गते सम्मका लागि स्थगित भएको छ । समितिले प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित तहको हुनेरी प्रस्ताव तयार गरेको छ ।