१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चलचित्रका अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन



अ+ अ-

काठमाडौं । भारतीय चलचित्रका चर्चित अभिनेता धर्मेन्द्रको निधन भएको छ । उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई हिजो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो र आगामी ७२ घण्टा उनको लागि निकै महत्त्वपूर्ण रहेको अस्पताल स्रोतले बताएको थियो ।

धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ । सोमबार राति छोरा सन्नी देओल अस्पताल बाहिर निकै भावुक देखिएका थिए ।

अर्का छोरा बबी देओल पनि आफ्नो चलचित्र ‘अल्फा’ को छायांकन छोडेर मुम्बई फर्केका छन् र बुबालाई भेट्न अस्पताल पुगेका छन् । शाहरुख खान, सलमान खान लगायत बलिउडका धेरै हस्तीहरू पनि सोमबार अबेर राति क्यान्डी अस्पताल पुगेका थिए ।

बलिउडमा ‘ही–म्यान’ को नामले चिनिने धर्मेन्द्रले ६ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोडेका छन् । उनको अन्तिम पटकको पर्दामा उपस्थिति डिसेम्बर २५ मा रिलिज हुने चलचित्र ‘इक्किस’ मा रहनेछ ।

उनको परिवारमा पत्नी हेमा मालिनी र ६ सन्तान छन् ।