२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कुलमान घिसिङको नेतृत्वमा आज नयाँ दल दर्ता गरिँदै

जेन–जीहरुसमेत समेटिए, बालेनको सहयोग रहेको दाबी, सुमना श्रेष्ठ भने असन्तुष्ट

कुलमान घिसिङको नेतृत्वमा आज नयाँ दल दर्ता गरिँदै
अ अ+ अ-

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ नेतृत्वमा आज नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी भएको छ । घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टीलाई नै आफ्नो बनाएर अघि बढ्ने निर्णय भएको हो ।

‘उज्यालो नेपाल’ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गत २७ साउनमा निवेदन परेको थियो । पार्टीको चुनाव चिह्न ‘बलिरहेको बिजुलीको चिम’ प्रस्तावित छ । ज्ञानबहादुर तामाङले यो पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । उक्त दल दर्ताको प्रक्रियामै छ ।

घिसिङ पक्षले आज आवश्यक कागजात पुर्‍याएर दर्ता अगाडि बढाउने तयारी गरेको हो ।

अन्तरिम सरकारमा मन्त्री रहेका घिसिङ भने यो पार्टीको कार्यकारी भूमिकामा हुने छैनन् । पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई संयोजक बनाएर पार्टी दर्ता गर्ने तयारी छ ।

पार्टीमा घिसिङको प्रत्यक्ष भूमिका नरहने बताइएको छ । पार्टीले एक व्यक्ति र एक पदको सिद्धान्त फलो गर्ने भएकाले अहिले उहाँलाई जिम्मेवारी नदिइएको हो । मन्त्री हुँदा पार्टीको जिम्मेवारी नलिने, सरकार छोडेपछि उहाँ नै अध्यक्ष हुने सहमति भएको छ ।

यो पार्टीमा जेन–जी आन्दोलनका अगुवा ‘हामी नेपाल’ का सुदन गुरुङसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको पनि साथ रहने बताइएको छ ।

अहिले पार्टी दर्ता प्रक्रियामा मेयर शाह प्रत्यक्ष सम्पर्क नभए पनि उहाँको टिम रहेको छ । सदन गुरुङले घोषणा गरेका सात वटै प्रदेशका जेन–जी संयोजक पनि यही समूहमा छन् ।

तर सअघि रास्वपाकी नेतृ रहेकी सुमना श्रेष्ठ भने तत्कालका लागि यो समूहबाट बाहिरिनुभएको छ । अन्तिम अवस्थामा घिसिङले उज्यालो नेपाल पार्टीलाई नै अगाडि बढाउने र पूर्वसचिव उपाध्यायलाई नै तत्कालका लागि संयोजक बनाउने निर्णय गरेपछि श्रेष्ठले छुट्टै अगाडि बढ्ने निर्णय गरेकी छन् ।

श्रेष्ठ ‘उज्यालो नेपाल पार्टी’ नाममा सहमत थिइनन् । उनले ‘जनसेवा पार्टी’ दर्ता गर्नुपर्ने बताएकी थिइन् । यस्तै श्रेष्ठले नयाँ पार्टी गठन गरेपछि घिसिङले मन्त्रीबाट राजीनामा गरेर संगठन निर्माणमा लाग्नुपर्ने प्रस्ताव गरेकी थिइन् । त्यस्तै, घिसिङले नेतृत्व नलिने भए जेन–जी अगुवा वा जेन–जी आन्दोलनका सहिद वा घाइतेलाई अध्यक्ष बनाएर अगाडि बढ्नुपर्ने प्रस्ताव श्रेष्ठले राखेकी थिइन् । जसलाई घिसिङ पक्षले अस्वीकार गरेको थियो ।

निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक पर्ने हस्ताक्षरसहितका कागजातसहित विधानमा आवश्यक परिमार्जन गरेर जाने तयारीमा घिसिङ पक्ष छ । सरकारमा जाँदा पार्टीमा रहेको पद छोड्नुपर्ने व्यवस्था विधानमा गरिने भएको छ । उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय समिति आयोगमा दर्ता गर्न लागिएको हो, जसमा गुरुङ पक्षका जेन–जी नेताहरू पनि हुनेछन् ।