२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोप हुँदै गोरुगाढा



अ+ अ-

इनरुवा, (सुनसरी) । दश वर्ष अगाडि सुनसरीको ग्रामीण क्षेत्रमा प्रत्येकको घरमा पाइने गोरुगाढा९बैलगाडी० पछिल्लो समय लोप हुँदै गएको छ ।

जिल्ला सदरमुकाम इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी, भोक्राहा हरिनगरलगायत क्षेत्रमा प्राय: सबै किसानको घरमा पाइने गोरुगाढा पछिल्लो समय लोप हुँदै गएको इनरुवाका किसान जसलाल यादवले बताउनुभयो । यातायातका साथै सामान ओसार्ने एउटा महत्त्वपूर्ण साधनका रूपमा रहेको गोरुगाडा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै लोप हुँदै गएको उहाँको भनाइ छ ।

बिहेमा जन्ती जानका लागि ग्रामीण भेगमा गोरुगाढाको प्रयोग हुँदै आएकामा सवारीसाधनको विकास भएसँगै प्रयोग घट्दै गएको बताउँदै देवानगञ्जका किसान रामवृक्ष मेहताले किसानले पनि कम प्रयोग गर्न थालेका उल्लेख गर्नुभयो ।

पहिला घरमा ओसार्नेदेखी सामग्री ल्याउन तथा बिहेबारीमा जन्ती जान, गर्भवतीको प्रसूति गराउन अस्पताल लान एम्बुलेन्सको काम पनि गर्ने साधनका रूपमा रहेको गोरुगाडा अहिले देखिन छाडिसकेको स्थानीयवासीले बताएका छन् ।

किसानले कृषिकर्ममा गोरु र काठबाँसको प्रयोग गरी बनाएको गोरुगाडा पछिल्लो समयमा आएर हाते ट्याक्टर, ट्याक्टर अर्थात् प्रविधिको प्रयोग बढ्दै गएपछि प्रयोग घट्दै जाँदा लोप हुने अवस्थामा पुगेको छ । रासस