१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सतुङ्गलबाट ६ ट्रक मास्क बरामद (अपडेट)



अ+ अ-

काठमाडौंको सतुङ्गलमा लुकाईराखेको अवस्थामा प्रहरीले रोहित श्रेष्ठको घरबाट १७६ बोरा (करिब ८ लाख ४० हजार बिस) सर्जिकल मास्क बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नंं १० बाट सो मास्क बरामद गरिएको हो । बढि मुल्य लिई बेच्नको लागि तयारी अवस्थामा राखिएको सर्जिकल मास्क प्रहरीद्वारा जफद गरिएको हो ।

महानगरीय प्रहरी वृत थानकोट, महानगरीय प्रहरी प्रभाग बलम्बु र महानगरीय प्रहरी परिसर काठमाडौं टेकुको साझा सहकार्यमा सो मास्क सहितको ट्रकहरु बरामद गरिएको हो । बजारमा मासक र सेनिटाईजरको अभाव भएपछि प्रहरीले छापा मार्ने अभियानलाई तिव्रता दिएको छ ।

कोरोना भाईरसको कारण बजारमा ग्यास, पेट्रोल, खाधान्नको तथा सर्जिकल मास्कको कृतिम अभाव सृजना गरिएको र यस्मा आफुहरुले निरन्तर फलोअप गर्दै आईरहँदा छापा मार्ने क्रममा रोहित श्रेष्ठको घरबाट १७६ बोरा सर्जिकल मास्क बरामद गरेको महानगरीय प्रहरी वृतका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । साथै ‘कालाबजारी ऐन’ अन्तर्गत प्रकृया अघि बढाईएको पनि प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

मास्क बरामद गरिएको स्थानमा चन्द्रागिरी नगरपालीकाका प्रमुख मेयर घनश्यामा गिरी पनि पुगेका थिए । उनले अहिलेको अवस्थामा कोरोना भाइरसको त्रास भइरहँदा यस किसिमको कार्य हुनु दुःख लाग्दो रहेको बताए । साथै उनले सम्पुर्ण चन्द्रागिरी नगरबासीलाई आफ्नो छेउछाउमा यस्ता किसिमका कालाबजारी र अनैतिक कार्यहरु भएको थाहा पाएमा नजिकको प्रहरी कार्यलयमा जानकारी गराउन पनि आग्रह गरे ।

हिजोपनि प्रहरीले सिनामङ्गलबाट ७५ हजार थान मास्क सहित कारेवारमा संलग्न व्यक्तिहरुलाई प्रकाउ गरेको थियो । समातिएको ६ ट्रकसहित चालकहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा ल्याईएको छ । केहिबेरमै सार्वजनिक गरिँदै ।